Dec 23, 2010

उफ्री रहेछौं

source: www.alagabhiyan.blogspot.com
-कपिल अन्जान
अरुको आडमा उफ्री रहेछौं
तछाड मछाडमा उफ्री रहेछौं

बन्छौ कसरी स्वाभिमानी
कसैको ढाडमा उफ्री रहेछौं

जिन्दगी के हो जान्दा जान्दै
किन कवाडमा उफ्री रहेछौं

तराई कस्तो छ आएर हेर
त्यसै पहाडमा उफ्री रहेछौं

देशको माया छ नशा भन्छौ
हाड हाडमा उफ्री रहेछौं

Dec 19, 2010

घामको पक्षमा

-नाकिमा
घामको पक्षमा छु
जूनको लक्ष्यमा छु

बिरा'छैन बाटो
मुक्तिकै अक्षमा छु

उही हो काम
फरक कक्षमा छु

माया छ माटोको
आमाकै वक्षमा छु

उदाउँछ त घाम ?
युगीन यक्षमा छु