Jan 30, 2011

दृष्यहरु...

                                                                                                                                              - एस.के.किरन
दृष्य १
दल क ले दल ख लाई खेदिरहेको छ ।

दृष्य २
दल ख ले दल क लाई खेदिरहेको छ ।

दृष्य ३
दल क र  दल ख लाई अदृष्य शक्तिले खेदिरहेको छ ।
तर विचरा म, म किन आफ्नै घरबाट भाग्न बाध्य पारिएको छु ?

काल्पनिक दृष्य

दल क र दल ख मिलेका छन् । महरु खुसी छौ ।

Jan 29, 2011

अक्षरसँग : पहिलो श्रृङ्खला सम्पन्न

source: www.alagabhiyan.blogspot.com
मितीः            २०६७-१०-१५
स्थानः            रातोघर, रविभवन २:३० बजे
समीक्षक:        गोविन्द वर्तमान
अतिथी कविः    स्नेह सायमी, स्व. स्वप्निल स्मृती
सहभागीहरुः     विशद, मन्जु मार्मिका, नाकिमा, नदीश, दृश्य, अस्मिता माली
                     मानन्धर
स्रोताहरुः          तिलक चाम्लिङ, तारा थुलुङ, दीक्षा पाण्डेय, रमेश स्वप्निल,
                     वर्षा लिम्बु, लक्ष्मी माली, शरद मानन्धर, गणेश जि. सि.,
                     मेनुका बराल, विध्या मानन्धर

Jan 26, 2011

समाज

- रश्मिला कवाङ 'रश्मि'
निमुखाको रगत चुसी अघाएको समाज
खोज्दाखोज्दै अस्तित्व हराएको समाज

भलाइको अर्थ छैन मिलापका के कुरा
स्वार्थरुपी आँकुराले पलाएको समाज

पुजा गर्नु बेकार छ आस्थाका यी मुर्तिहरु
अमूर्त ती प्रतिमाले बनाएको समाज

निर्मल जल बगाउन परै जाओस् आज
दीनदुःखीका अश्रुधार बगाएको समाज 

मन्द आवाज बिलाउँदै जान्छ कता कता
ठालुहरुले निर्धक्क भई चलाएको समाज

Jan 21, 2011

अलग अभियान

-नदीश
अलग छ गोरेटो
अलग छ यो यात्रा
अलग छ परिचय
अलग हाम्रो सोचाई
यो हाम्रो अलग अभियान
हाम्रो यो अलग अभियान

हेर उदायो बिहानीको लाली
जाग्दैछ समय जाग्दैछ यसपाली
देखेर सपना पूरा गर्ने चाह 
हिड्नेछौँ निरन्तर नपुगिन्जेल त्यहाँ
यो हाम्रो अलग अभियान 
हाम्रो यो अलग अभियान


हाम्रो चिनारी हाम्रो साथी कलम
दुखेको समाजमा हामी बन्छौँ मलम
पात्र यिनै हुन् परिवेश यही हो 
लेख्छौँ जे देख्छौँ घटना सही हो
यो हाम्रो अलग अभियान 
हाम्रो यो अलग अभियान

Jan 18, 2011

ऊ कतिन्जेल सहिरहन्छ

 - मंजु मार्मिका
पट्यार लाग्दो घामले सुकेका
ती क्याक्टसका बोटहरुले
दिनानुदिन सियोको टुप्पोले झैँ
मुटु छियाछिया हुने गरी घोचिरहन्छ
ती एक जोर पैतालाहरुमा

विनाशकारी हावाहुरीले
सुकाएका विरुवाबाट झरेका पातहरुमा
मचक्क टेक्दा सोला दिएको
भान हुन्छ तिनै एक जोर पैतालाहरुमा

घरमा पुग्दा फिजै फिजले
भरिएका ओडारजस्ता मुख
बाइरहेका हुन्छन पशुहरु
तिखा बाङ्गिएका दातहरु देखाएर
ती पशुहरुले साह्रै दुःख दिइरहेका छन्
प्रत्येक गरिबका एक जोर हत्केलाहरुलाई

पछ्याउँछ समयलाई कमजोर ठानेर
र त निरन्तर बर्जाछन् झापट ती
उड्न खोज्ने पखेटाहरुमा
र ओस्याउँछन् चिसो छिडीमा रातभरि
कहिले उठ्नै नसक्ने गरी
ती एक जोर पैतालाहरुलाई

गाउँठाउँ र वरिपिर
देशदेखि विदेशसम्म
सडक र सहरभरि
खैलाबैला हुन्छ उसैको
वायुमण्डलको चिसो हावाले पेट भर्छ
र मर्छ रातभरि
थापेर ती दुई हत्केलाहरु

बिहान हुन नपाउदै
नाङ्गिन्छन् अङ्गहरु
च्यातिन्छन् वस्त्रहरु
प्राकृतिका अनमोल झाडीहरुमा
नाङ्गा ती एक जोर पैतालाहरुसँगै
यसै गरि नाङ्गिरहेछन वर्षौँदेखि निरन्तर
तर ऊ यी सबै-सबै किन सहिरहन्छ
आफ अपराधी झैँ चुपचाप
एककोहोरो भएर ऊ कतिन्जेल सहिरहन्छ

Jan 15, 2011

विशेष अभियन्ताहरु

source: www.alagabhiyan.blogspot.com
नाकिमा
लेखनविधा        :    कविता, गीत, गजल, कथा
स्थायी ठेगाना    :    बुइपा-२, खोटाङ
हालको ठेगाना   :    खुमलटार-१५, ललितपुर
इमेल ठेगाना     :    ebatika@gmail.com
ब्लग ठेगाना      :    www.knownakima.blogspot.com
सम्पर्क नम्बर   :    ९८४१८२५२०७ / ०१५५७३३६१

नदीश
लेखनविधा        :    कविता, गजल, गीत, निबन्ध, कथा, हाइकु
स्थायी ठेगाना    :    पुर्कोटदह-७, गुल्मी
हालको ठेगाना   :    पुल्चोक, ललितपुर
इमेल ठेगाना     :     aamodsb@gmail.com
ब्लग ठेगाना      :    www.itsnadeesh.blogspot.com
सम्पर्कनम्बर    :    ९८४१८११९८७ / ९८०३५६६४७९

विशद
लेखनविधा         :    कविता, गीत, गजल, कथा, हाइकु
स्थायी ठेगाना     :    कोहलपुर-१ बाँके
हालको ठेगाना    :    स्युचाटार काठमाडौं
इमेल ठेगाना      :    bishad.pravas@gmail.com
ब्लग ठेगाना       :   www.blogbishad.blogspot.com
सम्पर्क नम्बर    :   ९८४९३७६६७६ / ०१४०३६६२३

दृश्य
लेखनविधा         :   कविता, कथा
स्थायी ठेगाना     :   भरतपुर-१०, चितवन
हालको ठेगाना    :   मैतीदेवी, काठमाडौं
इमेल ठेगाना      :   bikalpa_regmi123@yahoo.com
ब्लग ठेगाना       :  www.getdrishya.blogspot.com
सम्पर्क नम्बर    :  ९८४१५४६९०२ / ९८४१७०६५४७

मन्जु मार्मिका
लेखनविधा         :  कविता, गीत, गजल
स्थायी ठेगाना     :  छितापोखरी-४, खोटाङ
हालको ठेगाना    :  तिखेदेवल-१४, ललितपुर
इमेल ठेगाना      :   rasmika_pahad@yahoo.com
ब्लग ठेगाना       :  www.memarmika.blogspot.com
सम्पर्क नम्बर    :  ९८०३४१६४६० / ९७२१५७५४०८

मुना निश्चल
स्थायी ठेगाना    :   खाल्ले-१, खोटाङ
लेखनविधा        :   कविता, गीत, गजल, कथा
हालको ठेगाना   :   खाल्ले-१, खोटाङ
ब्लग ठेगाना      :   www.meetmuna.blogspot.com
सम्पर्क नम्बर   :  ९७४११४०२४९ / ९८४२८७७४५६

कपिल अन्जान
लेखनविधा        :   गजल, कविता
स्थायी ठेगाना    :  विद्यानगर-१, बाँके
हालको ठेगाना   :   विद्यानगर-१, बाँके
इमेल ठेगाना     :   anjankapil@gmail.com
ब्लग ठेगाना      :   www.anjankapil.blogspot.com
सम्पर्क नम्बर   :   ९८४८१८३६५१ / ०८१५४०६६६

शकुन आँसु
लेखनविधा        :   कविता, गजल, गीत, कथा
स्थायी ठेगाना    :   छितापोखरी, खोटाङ
हालको ठेगाना   :   घाइघाट, उदयपुर
सम्पर्क नम्बर   :   ९८४२८३८६२० / ९७४३०१८२६५

विपल बोयुङ
स्थायी ठेगाना    :   अर्खौले-३, खोटाङ
लेखनविधा        :   गजल, गीत, कविता
हालको ठेगाना   :   मलेसिया
इमेल ठेगाना     :   boyungb@gmail.com
ब्लग ठेगाना      :   www.helloboyung.blogspot.com
सम्पर्क नम्बर   :   ४२४६०१२२५९५८६८

तारा थुलुङ 'अथाह'
लेखनविधा        :   गजल, गीत, कविता
स्थायी ठेगाना    :   जलेश्वरी-१, खोटाङ
हालको ठेगाना   :    किर्तिपुर, काठमाडौं
इमेल ठेगाना      :   tathaaha@gmail.com
सम्पर्क नम्बर    :   ९८४२८६७५५० / ९८४९६६४६९५

अस्मिता मानन्धर
लेखनविधा        :   कविता, कथा, निबन्ध
स्थायी ठेगाना    :   रविभवन, काठमाडौं
हालको ठेगाना   :   रविभवन, काठमाडौं
इमेल ठेगाना     :   mail2asmita@gmail.com
ब्लग ठेगाना      :  www.asmitamanandhar.wordpress.com
सम्पर्क नम्बर   :  ९८४१६६९८२४ / ०१४२८६५८५

प्रतिमा पाठक
लेखनविधा        :   कविता, गजल
स्थायी ठेगाना    :   हाँडीखोला-६, मकवानपुर
हालको ठेगाना   :   हाँडीखोला-६, मकवानपुर
इमेल ठेगाना     :   statue_reader@yahoo.com
सम्पर्क नम्बर   :   ९८४९६२७६७२ / ९८०३३६२८८५

एस के किरन
स्थायी ठेगाना    :   तम्घास, गुल्मी
लेखनविधा        :   निबन्ध, कथा
हालको ठेगाना   :   बुटवल
इमेल ठेगाना     :   bhandarishampra@gmail.com
ब्लग ठेगाना      :   www.getskkiran.weebly.com
सम्पर्क नम्बर   :   ९८४७३१११३३ / ९८०३३९७९४९

अभियन्ताहरु

  • अपराजिता
  • यल्जी विवश
  • श्रवण खनाल
  • सर्गमंजरी
  • रमेश स्वप्निल
  • रस्मिला कवाङ 'रश्मि'
  • कोपिला थुलुङ 'आशुतोष'
  • बोनमप्रताप मल्ल
  • अर्जुन बाराहाली
  • जीवन चाम्लिङ
  • हीराप्रसाद दाहाल 'शीतलव'
  • गजेन्द्र टुहुरे
  • लक्ष्मी अनुपम
  • भुमरी
  • नवराज गाउँले
  • ममिता मर्मस्पर्शी
  • शान्ता सन्ध्या
  • रिनादेवी राई
  • सरिता राई
  • कविराज दुःखी
  • सम्झना भुजेल
  • अकेला राई
  • युगसन किरात
  • उर्वषी राई
  • निरकुमार घायल
  • अस्मिता नाछिरिङ
  • रागन
  • सागर कार्की
  • विष्णु नेम्वाङ् सुब्बा
  • आस्था कोपिला

Jan 14, 2011

आदिवासी

- भोगीराज चाम्लिङ
निरपराध मन
सेतै फुलेका कपाल
दाँत फुक्लेकी बूढी
निश्छल हाँसो
सरल इमान
र जमिन खोस्रिरहेको किसानको आदि-सुगन्ध
ऊ सम्झना गरिरहेछ इतिहास
आफ्नी आमाको

सङ्घारमा खुट्टा टेकाएर
एकनासले रातो क्षितिज नियालिरहेका
नीला आँखाहरु
औँला भाँचेर हिसाब गरिरहेको
रिसाएको झोक्किएको
क्रुद्ध र आक्रोशितजस्तो
ऊ खिचाइरहेछ आफ्नो
नौजवान तस्वीर आजको

आङको नाङ्गो तस्वीर
र पार्श्वको रामझुपडी
गरिबी पोकेको भाँडो
र बच्चाहरुका उदास आँखा
यी सबैलाई गोली मारिरहेको
दूरदराजको दरबार
र पहरा दिइरहेका शस्त्रधारीहरु
स्वर्गको ठेक्काघर ! मन्दिर
छल गरिरहेका पुजारीहरु
अग्ला महलहरु
र मुलुक मिचिरहेको संवेदनाहीन सहर
आँगनको डिलमा उभिएर
ऊ गमिरहेछ-
आखिर किन यस्तो
तर उसलाई प्रस्ट थाहा छ-
उसको अंश मिच्ने सहोदर
र कपटी पण्डित
आखिर यी दुबैमा कुनै भेद छैन
यी दुवैसँग उसको `विरोध छ`*

राजधानीभन्दा धेरै टाढा
उपनिवेशजस्तो गाउँको बासिन्दा हो ऊ
एउटा झन्डा चाहन्छ-
उसका बृद्ध बाआमाहरुलाई छहारी
उसका बच्चाहरुले राष्ट्रिय गान बजाएर गाउन मिल्ने
उसलाई आफ्नो शत्रुको जयगान गरिएको राष्ट्रिय गान मन पर्दैन
उसको घरको चारिकिल्लाको संरक्षक
अर्थात्
ऊ आफ्नो घरबासको स्वायत्तता चाहन्छ
हो ऊ यस्तो राष्ट्रिय झन्डा चाहन्छ ।
____________________
*कवि विमल निभाको `मतभेद` कविताको अंश
source: www.alagabhiyan.blogspot.com

Jan 13, 2011

अक्षरसँग

  • एक हप्ता अगाडि ८/१० जना युवा सर्जकहरुको सिर्जना सङ्कलन गर्ने।
  • एक जना समीक्षकलाई  कार्यक्रमको ५/६ दिन अगाडि सङ्कलित सिर्जना पढ्न दिने ।
  • कार्यक्रममा सम्बन्धित सर्जकहरुले सिर्जना र समीक्षकले समीक्षा प्रस्तुत गर्ने ।
  • दुई जना (महिला र पुरुष) अग्रज सर्जकलाई अतिथि सिर्जना वाचनको लागि बोलाउने ।
  • स्रोताहरुसहित १५/२० जनाको सहभागिता रहने ।
कार्यक्रम : अक्षरसँग
प्रकृति : सिर्जना वाचन, अन्तरक्रिया
आयोजक : अलग अभियान
सल्लाहकारहरु : स्नेह सायमी, भोगीराज चाम्लिङ, स्व. स्वप्निल स्मृति
संयोजक : विशद
सह-संयोजक : अस्मिता मानन्धर
स्थान : रातोघर, रविभवन, काठमाडौं
समय : हरेक महिनाको तेस्रो शनिबार दिउँसो २:३० बजे

source: www.alagabhiyan.blogspot.com

Jan 11, 2011

परिवर्तन

- स्व.स्वप्निल स्मृति

हिउँदे दिन
राजमार्गका नाङ्गा रुखहरु पढेर
ती हरुले भने-
हावा मरिसक्यो ।

नाङ्गा रुखमा चराका
पुराना गुँडहरु औंल्याएर
ती हरु चिच्याए-
गीतको मृत्यु भयो ।

रुखमा अल्झिएका चङ्गाहरु हेरेर
ती हरुले खित्का छाडे-
बस्तीमा केटाकेटीहरु मरिसके ।

नाङ्गा रुखहरुमा फूल नदेख्दा
ती हरुको ठहर थियो-
सबै तन्नेरीहरु बुढा भइसके ।

तर एकदिन-
रुखमा रङ्गीन पातहरु पलाए
पातहरुमा हुरीले नाच्यो-
नूतन नृत्य
चराहरुले बनाए नयाँ गुँड
र गुन्गुनाए-
स्वतन्त्रताको मन्जुल गीत
आकाशमा उडे-
असरल्ल बेलुन र चङ्गाहरु
दौडिरह्यो राजमार्ग-
वेगवान् पहाडी नदीझैं
तन्नेरीहरु छालझैं सलबलाए ।

त्यतिखेर ती हरु मरिसकेका थिए ।

Jan 8, 2011

बैठक २०६७-०९-२४ ले गरेका निर्णयहरु

१.अभियन्ता वर्गीकरण
विशेष अभियन्ताहरु : नाकिमा, नदीश, विशद, दृश्य, मंजु मार्मिका, मुना निश्चल, विपल बोयुङ, कपिल अन्जान, तारा थुलुङ 'अथाह', एस के किरण, शकुन आँसु, प्रतिमा पाठक र अस्मिता मानन्धर ।
अभियन्ताहरु : बाँकी सबै अभियन्ताहरु ।

.कार्यविभाजन फेरबदल
मंजु मार्मिकाले ब्लग र विशदले 'अक्षरसँग'को मूख्य जिम्मेवारी सम्हाल्ने ।

.नयाँ नियमित कार्यक्रम
अलग अभियानको आयोजना विशदको संयोजकत्व र अस्मिता मानन्धरको सह-संयोकत्वमा आउँदो माघ महिनादेखि सिर्जना वाचन र समीक्षाको 'अक्षरसँग' नामक नियमित मासिक कार्यक्रम गर्ने ।

.ब्लगलाई प्रभावकारी बनाउने
ब्लगलाई प्रभावकारी बनाउन प्रत्येक महिनाको ४ र २० गते कविता, ८ र २४ गते गीत, १२ र २८ गते गजल र १६ गते गद्य गरी जम्मा ७ वटा सिर्जना प्रकाशन गर्ने । यसका लागि दृश्यले कविता, मंजु मार्मिकाले गीत, कपिल र बोयुङले गजल र एस के किरणले गद्य सङ्कलन गर्ने । सङ्कलित सम्पूर्ण सिर्जनाहरु मंजु मार्मिकाले अपडेट गर्ने । सबै विशेष अभियन्ताहरुले प्रकाशित प्रत्येक सिर्जनाहरुको अनिवार्य प्रतिक्रिया लेख्ने । इन्टरनेटको पहुँच नभएका अभियन्ताहरुलाई प्रिन्ट गरेर ब्लगमा प्रकाशित सिर्जनाहरु उपलब्ध गराउने ।

.सलामबिहानी डटकम
सलामबिहानी डटकममा प्रत्येक महिनाको ५ र २५ गते गद्य सिर्जना प्रकाशन गर्ने । गद्य सङ्कलन एस के किरणले गर्ने । 'केही प्रतिनिधि नेपाली कविताहरु'लाई सलामबिहानी डटकममा प्रकाशित गर्ने ।

.शब्दशिखा/अलग अभियान
शब्दशिखालाई आगामी बैशाखदेखि पुस्तकाकार त्रैमासिकको रुपमा प्रकाशन गर्ने र 'अलग अभियान' नामक हावाई मासिक प्रकाशन प्रारम्भ गर्ने ।

.प्रतिनिधि नेपाली कविता/गीतहरु
'केही प्रतिनिधि नेपाली कविताहरु'लाई सबै अयिन्ताहरुमाझ पुर्याउने । गीत विभागको संयोजनमा 'केही प्रतिनिधि नेपाली गीतहरु' सङ्कलन प्रारम्भ गर्ने ।

.गीत अन्तरक्रिया/गजल सङ्ग्रह प्रकाशन
अन्तरक्रियाको लागि गीत र सङ्ग्रह प्रकाशनको लागि गजल सङ्कलन प्रारम्भ गर्ने । अर्को बैठकबाट गजल सङ्ग्रहको नाम चुनेर त्यही नामबाट ब्लग खोलेर छनौट भएका गजलहरुलाई प्रकाशन गर्दै जाने ।

.आर्थिक
आर्थिक व्यवस्थापनको लागि प्रत्येक विशेष अभियन्ताहरुबाट मासिक ५० रुपैयाँ सङ्कलन गर्ने ।