Feb 28, 2011

तिमी

दृश्य


तिमी पागल भएकी छौ
अहँ म मान्दिन
किनकि
म तिम्रै भरमा बाँचिरहेको छु

तिमी घायल भएकी छौ
अहँ म मान्दिन
किनकि
म तिम्रै पिडामा हाँसिरहेको छु

तिमी कुरुप भएकी छौ
अहँ म मान्दिन
किनकि
म तिम्रै सुन्दरतामा अल्झिरहेको छु

तिमी बलात्कृत भएकी छौ
अहँ म मान्दिन
किनकि
म तिम्रै निम्ती यौवन जोगाइरहेको छु

तिमी पागल भएकी छौ
तिमी घायल भएकी छौ
तिमी कुरुप भएकी छौ
तिमी बलात्कृत भएकी छौ
तिमी
तिमी, ए राष्ट्रियता !
सर्वाङ्ग नाङ्गो भएकी छ्यौ ।

Feb 24, 2011

के हुँदैछ अचेल

-  नदीश
के हुँदैछ अचेल दरबारभित्र ?
गाइँगुइँ छ प्रत्येक घरबारभित्र

कमिशन छाप्छ अन्धो सम्पादक
जलिरहेछन् नागरिक अखबारभित्र

देश लुट्न त्यति कहाँ सजिलो छ ?
आफ्नो मान्छे छैन सरकारभित्र

छ दिन साताको कामचलाउ जिन्दगी
के-के गरी भ्याउनु आइतबारभित्र ?

कुमारजी आज्ञा गर्नुहुन्छ-हे युवराज
आफ्नै सम्झिबक्स्योस् बालुवाटारभित्र

Feb 21, 2011

म कथाको पात्र

विपल बोयुङ

जीवन नै त कथा, म कथाको पात्र
बनाउँछ जो कथाले म त त्यति मात्र

हो कथाले भने जस्तै तिरै-तिर हिँड्छु
तिर्खाएको बगरलाई पसिनाले छिट्छु
यात्रा नै त कथा, म कथाको पात्र
बनाउँछ जो कथाले म त त्यति मात्र

कतै छायाँ जिन्दगानी अनि कतै घाम
उनै मेरी आमाले नै लेखेकी यो नाम
जीवन नै त कथा, म कथाको पात्र
बनाउँछ जो कथाले म त त्यति मात्र

Feb 20, 2011

धनियाँको अचार

अस्मिता मानन्धर

ऊ जानुअघि 
हरिया धनियाँहरू पिनेर
खुवाएथेँ ।

हरिया धनियाँहरूसंगै 
धेरै माया मीठो पसिना 
र सुनौँलो भविष्यको कल्पना
पिनेर
उसैलाई खुवाएथेँ ।

ऊ गैसकेपछि
मेरा बारीमा धेरै धनियाँहरू छरिएर उम्रिए
म प्रत्येक धनियाँका बोटहरूलाई
अगाध मायाले
सिँचिरहेछु प्रत्येक दिन
तर, प्रत्येकपटक
छिप्पिदै-वैलाउदै छन् 
मेरा बारीका धनियाँहरू ।

सम्भवतः ऊ गैसकेपछि
उतैको धनियाँले तानेजस्तो छ 
उतैको मिश्रण मन परेजस्तो छ
मेरा बारीका धनियाँहरूजस्तै
म पनि सायद 
कहिल्यै याद आइन ।

अहिले
त्यहीँ धनियाँहरुसंगै
चाउरिएका छाला, तीता आँसु
र विक्षिप्त सम्झना मात्र होइन
आफ्नो जिन्दगी नै पिनेर
अचार बनाइरहेछु ।

Feb 18, 2011

बैठक २०६७-१०-२९ ले गरेका निर्णयहरु

१. मिति २०६७ फागुन ७ गते अन्तरक्रियामा अन्तरा (गीत अन्तरक्रिया-२) गर्ने। २०६८ असार, असोज, पुस, र चैतमा क्रमशः गद्य, कविता, गजल र गीत अन्तरक्रिया गर्ने।

२. गजल सङ्ग्रहको लागि २०६७ फागुन, २०६८ जेठ, भदौ र मंसिरमा ५/५ वटा गरी २० वटा नयाँ गजलहरु सङ्कलन/सम्पादन गर्ने र चैत्रसम्ममा प्रकाशित गर्ने।

३. अलग अभियान दर्ता गर्ने । दर्ताको लागि प्रत्येक विशेष अभियन्ताहरुबाट १००० रुपैयाँ सङ्कलन गर्ने ।

४. कार्यालय स्थापना गर्ने । कार्यालय व्यवस्थापनको लागि प्रत्येक अभियन्ताले सक्दो आर्थिक/भौतिक सहयोग गर्ने ।

५.www.alagabhiyan.blogspot.com मार्फत नियमित अन्तरक्रिया सन्चालन गर्ने । त्यसको लागि त्यहाँ प्रकाशित प्रत्येक रचनाहरुमाथि  प्रत्येक विशेष अभियन्ताहरुले अनिवार्य एवम् गम्भीरताका साथ टिप्पणी गर्ने ।

६. २०६७ चैत्रसम्म शब्दशिखा पुस्तकाकार प्रकाशनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने । 

Feb 11, 2011

लौ आयो रातिपख

- विशद
सिमापारीबाट छाँया लौ आयो रातिपख
सुस्त-सुस्त सबलाई विष पिलायो रातिपख

देशको सपुत साँच्दै थियो मुक्त भ'को रहर

उजेलीको सपनी त्यो जलायो रातिपख

मुठ्ठीहरू बन्दै थिए रातो सगरमाथा

झस्की यता तीरहरू चलायो रातिपख

आकाश भरी हुरी बनी जब जाँगे मान्छे

दुई पलमै छाँया कतै बिलायो रातिपख

Feb 8, 2011

आफ्नै गाउँ फर्केँ म

- तारा थुलुङ 'अथाह'
कतै जाऊ बिर्सिन्न
जहाँ जन्मे, हुर्के  म 
डाँडा-काँडा, भाज्याङ काट्दै 

आफ्नै गाउँ फर्के  म  

खोरीयामा मकै छर्ने 
जेठा दाइलाई मेरो सलाम
मेहनेतले पेट भर्ने
भाउजूलाई मेरो सलाम 
लालाबाला काखी च्यापी 
हसिँया र डोको बोक्ने
तल्लाघरे काकीलाई
कोटी कोटी मेरो सलाम 

जन्मदै मेहनेतको
फल राख्या निधारमा 
कडा परिश्रमपछि 
मुस्काउने अधरमा 
स्वाभिमानको रेखा कोर्दै 
सन्जीवनी छर्केँ म
डाँडा-काँडा, भाज्याङ काट्दै 
आफ्नै गाउँ फर्के  म 

Feb 5, 2011

प्रतिबद्धता

प्रभास सासङ्क समूह(अलग अभियान)का सम्पूर्ण साथीहरु,

विषय : विशेष धन्यवाद सम्बन्धमा ।

तपाइँहरुको यो चिन्तनशील, प्रयत्नशील, अन्वेशषक र परिवर्तनशील प्रवृत्तिको मानव मस्तिष्कले आफ्नो ज्ञान, बुद्धि र विवेकलाई प्रज्वलित पार्नको लागि रोज्नु भएको साहित्यिक यात्रा सानो परिधिभित्र अटाउदैन । प्रत्येक अक्षर र शब्दलाई कुलोमा बगाई सम्पूर्ण मानव मस्तिष्कलाई सिन्चित गरी हराभरा र शान्तिमय बनाउने नै छ ।

साहित्यको माध्ययमबा समाज परिवर्तनको बाटोमा मलाई पनि पाउँदा ज्यादै खुशी लागको छ । आउँदा दिनहरुमा प्रभास (सासङ्क) समूहको विश्वासनियता, गौरव र गुणस्तरमा अझ वृद्धि हुने कुरामा पूर्ण आशावादी हुँदै प्रभासको सफलता नै आफ्नो पनि सफलता सम्झी आवश्यक सहयोगमा जुट्नेछु ।

मन, वचन र कर्मका तीनवटै तहबाट सिर्जनात्मक विशालतातर्फ गतिशील तुल्याइदिनु भएकोमा मुरीमुरी धन्यवाद दिँदै यो गतिलाई निरन्तरता दिनका लागि  म पनि तपाइँहरुको समीपमा रही कर्मक्षेत्रमा उत्रने प्रतिबद्धता व्यक्त गर्दछु।

तपाइँहरुकै सहयात्री
मन्जु खड्का (मन्जु मार्मिका)
छितापोखरी-४, खोटाङ
२०६५-११-०७

Feb 3, 2011

ऊ बोल्दैछ शब्दमा मात्र म ओकल्दै छु

 - रागन
आकाश ढाकिएर कालो बादलले
उज्यालोलाई नै चुनौति दिइरहँदा
मुक्ति नांगिएर साम्राज्यवाद र धोकेवादले
अगेना सल्काएको आगोले वस्ती वस्ती पोल्दै गर्दा
शहरका भूतहरु गाउँ
स्ती पसेर
सोझालाई तर्साउँदै गर्दा
चिराक लिएर दुखेको अनुभवले पो
चित्कारीँदै म जन्मेको हुँ त 


ऊ थप्दै जान्छ
निराकार मगजलाई सुस्तविषले घोटंदै गर्दा
 
स्ती-स्ती घर-घर यहाँ एकएक हुँदै जल्दै गर्दा
कालो डरलाग्दो भयङ्कर क्रुर साम्राज्यवाद र पुँजिवादले
रातारात देश लिलामी हुँदै गर्दा
परिवर्तनलाई साकार रुप दिन पो त
तुफानिँदै म जन्मेको हुँ त
ऊ बोल्दै छ
स्ती - बस्तीमा नयाँ स्वरुपले
क्रान्तिको विपुल र्छन
क्रान्तिकारी साम्यवादी युग रोजाउन पो
राँकिदै म जन्मेको हुँ त 


अझ थप्छ ऊ
सामन्तीको घेरोभित्र
नांगिएको लाज छोप्न
फाँसिवादको कोठरीमा भोकाहरुको गास भर्न
व्यापारिक शिक्षा रोक्न/क्रान्तिकारी काँचुली फेर्न
लामो  यात्रा तयार गर्न
सबैलाई बचाउन पो त
दन्किँदै म जन्मेको हुँ त
कोरा र्बुजुवा शिक्षा प्रणालीलाई लात मार्दै
नयाँ नवीन निरपेक्ष शिक्षा रोज्न
आम विद्यार्थी युव वर्गलाई न्रि्रबाट जगाउन र्
वर्ग संर्घषको वैचारिक क्रान्तिकारी बाटो रोजाउन
सामन्तवादको उन्मुलन गराउन
निरंकुशतालाई भगाउन/सबैलाई जिताउन
सबैलाई बचाउन पो त
म जन्मेको थिएँ त 


ऊ हात हल्लाउँदै यस्तै बोल्दै थियो
र म शब्दमा ओकल्दै................।