Apr 28, 2010

बहिनीले भन्थी

- कपिल अन्जान
जितेर आउनु बहिनीले भन्थी
नत्र नआउनु बहिनीले भन्थी

यो देशले तिम्रो रगत मागेमा
रगत बगाउनु बहिनीले भन्थी

आई लाग्ने माथि जाइ लाग्नु
अनि छप्काउनु बहिनीले भन्थी

युद्धको दुश्मन मित्र हुँदैन
भनि कराउनु बहिनीले भन्थी

वीरका छोरा हौ वीर नेपाली
वीरता देखाउनु बहिनीले भन्थी

Apr 25, 2010

अथाहलाई केन्द्रमा स्वागत गरियो

११ बैशाख । प्रभास केन्द्र गीत विभागको संयोजनमा गीत वाचन तथा छलफल सम्पन्न भयो । उक्त अवसरमा दृश्य, तारा थुलुङ 'अथाह', नाकिमा, विशद र नदीशले गीत वाचन गरे । वाचित गीतहरुमाथिको टिप्पणीपछि खोटाङबाट काठमाडौं आउनु भएका प्रभास खोटाङका सदस्य अथाहलाई प्रभास केन्द्रमा स्वागत गर्दै कार्यक्रम समापन भयो ।

मेरो देश

- विपल बोयुङ
भूगोलको कुनै छेउ एक मेरो देश
नेपाली हुँ दौरा-सुरुवाल, टोपी मेरो भेष

चुल्ठोभरि फुलाउँछिन् दिदी लालीगुराँस
चौबन्दीमा खुलाउँछन् नाकबेली केस

भीर पाखा पखेरिमा हिमालको छाया
त्यही पाखाको मायाँ लौ लाग्छ अनिमेष

बनाउनु छ बाटो यही डोर् याउनुछ जीवन
डटछु खट्छु यहिँ म त लागे पनि ठेस

दसै नङ्ग्रा खियाएर उर्बराउँछु माटो म त
सिस्नु-साग, खोले-फाडो लाग्छ सारै बेस

Apr 22, 2010

२०६७ को पहिलो शनिवार

४ बैशाख । 'निरन्तर सिर्जना' भन्ने नारासहित प्रत्येक हप्ता आयोजना भइरहेको छलफलसहितको सिर्जना वाचनको नियमित कार्यक्रम अन्तर्गत प्रभास केन्द्र कविता विभागको सयोजनमा कविता वाचन तथा वाचित कविताहरुको टिप्पनी सम्पन्न गरियो । त्यसपछि बसेको बैठकमा समूहको साधारण सदस्य बढाउने विषयमा छलफल भयो ।
त्यसैगरी प्रभास खोटाङको पनि सदरमुकाम दिक्तेलस्थित किरात राई विद्यार्थी सङ्घको कार्यालयमा बैठक बस्यो । बैठक समूहको जिल्ला सदस्य थपघटलाई केन्द्रविन्दुमा राखेर बसिएको थियो ।

Apr 21, 2010

हामीसँगै छ हाम्रो इतिहास

- नदीश
तिमी भारतमा लुम्बिनी बनाऊ
खोज कोही सुद्धोधन र मायादेवी
गरिदेऊ विवाह
जन्मेला कुनै सन्तान
या त गराइदेऊ कृत्रिम गर्भाधान
जन्माइदेऊ कुनै पुत्र
र गरिदेऊ नामाकरण 'गौतम बुद्ध'
हामीलाई कुनै गुनासो छैन
बरु उल्टै सुनाइदिउँला विश्वलाई
हालसालै एउटा अर्को गौतम बुद्ध
भारतमा पनि जन्मिएको छ

तिमी चीनमा सोलुखुम्बु बनाऊ
बनाऊ एउटा राष्ट्रिय निकुन्ज
अनि ठड्याऊ एउटा अग्लो पहाड
छरिदेऊ त्यसमाथि कृत्रिम हिउँ
र चुनिदेऊ कुनै नाम
चोमोलोङ्गमा, माउन्ट एभरेष्ट या सगरमाथा
हामीलाई कुनै चिन्ता छैन
बरु उल्टै भनिदिउँला दुनियाँलाई
हालसालै एउटा अर्को सगरमाथा
चीनमा पनि ठडिएको छ

तिमी निस्फिक्र जन्माऊ तिम्रो गौतम बुद्ध
तिमी निश्चिन्त ठड्याऊ तिम्रो हिमाल
हामी गर्दैनौँ कुनै प्रतिकार
हामीलाई राम्रोसँग थाहा छ
हामीसँगै छ हाम्रो आफ्नो सगरमाथा
हामीसँगै छ हाम्रो आफ्नो लुम्बिनी
हामीसँगै छ हाम्रो आफ्नो इतिहास

Apr 19, 2010

ऊ पहाड र म शहर

- शकुन आँशु
उस्को दुखिरहने मन
म सँगै धड्किरहने मुटु
एकैसाथ पोको पारी
कागजी हस्ताक्षरहरुमा
बन्द गरी पवनपंक्षीलाई पठाइदिएछ
मेरो निवाससम्म

उसको आकस्मिक आगमनले
मेरा अपूर्णभैष लाग्ने जीवन
सार्थक तुल्याइदियो
तड्पिएकॊ मन शान्तभैष पाएँ
उस्को यथार्थ जीवन-मृत्यु
संगालेँ र बगाएँ
खुसीका विष्णुमतीहरु
उस्कै समिप बसेर

हिमालपारिको नागरीक ऊ
चौंरी र भेडीगोठ धाउने
काचनजङ्घा र टाकुरा छुने
ठन्डी-ठन्डी पहाडहरुमा
इमेल मोबाइल जाम हुन्छ
त्यसैले उस्ले आफ्ना आवाजहरु
पानामा रेकर्ड गराएर
स्नेह स्पर्श कोरी पठाएको छ

आधुनिक परिबेशको प्रेम
अस्पष्ट भाका थिएन
ऊ आधुनिक मान्छे
म आधुनिक मान्छे
इतिहासले सिकाएको छ
प्रेमिल मनहरुको एकात्मकता र बाहुल्यता

उसले पढेको
र मैले सुनेको
सान्सारिक प्रेमजोडीहरु
रोमियो-जुलियट
मुनामदन
लैला-मजुन र
मधुमालतिको कथा
तर
तर त्यस्ता एकादेशीय
र अलौलिक कथा भएनौँ हामी
हामी त स्वयम् हिमाल पहाड र धरती चिर्ने यथार्थताको
शास्वत अंकित छाप बन्यौँ
हिमाल छातिमा
पहाड काखमा
गगन आँखामा
नचाएर बाँचिरहेछ

हरेक ऋतुहरुमा परिवर्तन छैन
हरपल माघे जाडो
र पनि जाडो नभनिकन
भोक नभनिकन
नाङ्गो शरीर नचाएर
संघर्षै-संघर्षको पेरीफेरीमा रमाइरहन्छ ऊ

तिमी बहादुर छौ महान छौ
र धैर्यवान पनि छौ
तिम्रो मतको पर्याय हुँ म
तिम्रो निर्णयको भागीदारी हुँ म
भविश्यका सुनौला मार्गहरुमा
तिमी अगाडि छौ
भयङ्कर ग्रेटवालमाथि
तिमी उभिनेछौ
र विश्वको ताजमहल तिमीले ठड्याउनेछौ

मैले उसलाई
यसरी नै पठाएँ जवाफिला उपहारहरु
म सुसेल्छु उस्को निम्ति
ऊ बग्छ मेरो निम्ति
दुरसंचार र दुरभास बिनाको
हाम्रो आत्मिक प्रेम
पहाड र म शहर ।

Apr 17, 2010

शब्दशिखाको फेसबूक विशेष चैत अङ्क

प्रभास साहित्यिक समूहको मासिक प्रकाशन 'शब्दशिखा'को चैत अङ्क प्रकाशित भएको छ । यस अङ्कमा पाठकहरुले स्व.स्वप्निल स्मृति, दीपा एवाई राई, मनु लोहोरुङ र विष्णु नेम्वाङ सुब्बाको कविता, राजन मुकारुङ र नदीशको गीत, सरिता राई, कृष्णपक्ष र श्रवण खनालको गजल, यल्जी विवशको हाइकू, साहित्यिक समाचार, पुस्तक परिचयको अलवा पदम राईद्वारा अनुदित रुसी लोककथा, विशदबाट कविताकृति, 'धारिला मानिसहरु'को चर्चा र सुमन तण्डुकारद्वारा अनुदित नाकिमाको नेपाल भाषाको कविता पढ्न पाउनुहुनेछ । फेसबूक विशेष यस नवौँ अङ्कका अधिकांश सामगि्रहरु फेसबूकबाट साभार गरिएका हुन् ।



Apr 12, 2010

घडी

- दृश्य
घुमीरहेछौ
घडीका तीन सुई
म मोटो
त्यसैले अडिक छु
जनताको हितमाफनफनी
तिमी मझैलो
कहिले यता-कहिले उता
नाचीरहन्छौ
प्याण्डुलम झै
उ साह्रै दुब्लो
बिचरा आफै असक्त छ
त्यसैले बुइ चढ्दै छ
मझैलाहरुको
उकुसमुकुस हुदै
निचोरीदै ।

हामी तीन
मान्न तीन
तीन
तीन एक भयौं
सबैले बुझे
मध्यदिन भयो
रातो लालीमा
माथी चढ्यो र
खुल्ला आकासहरुमा
बिस्कुन झै फिजीदै थ्यो त्यो ।

फेरी
तीन एक भयौं
सबै मस्त सुतिरहे
मध्यरात भयो
तिमीहरु
बिस्तारै सल्बलायौ
घँटिहरुमा एन्टीना झुन्डाउँदै
बिस्तारै पस्यौ
आफ्नै खाटमनीका
अन्धकार गुफाहरुमा
राष्द्रवादी मुकुट टल्काउँदै
आफ्नै ह्रदयभित्रको
धड्कनहरु चोर्नलाई

फेरी घुम्दै
तीन एक भयौं
तिमीहरु मस्त सुतिरहयौ
आकास कालाम्य भयो
राष्ट साघुरीदै आयो
म मसाल बालेर
तिम्रा मसिेतष्क भित्रका
अन्धकार चिर्दै
एन्टीनाहरु जलाउँदै आएँ
अब आकास
एक्काएक चम्किदै छ
राष्द्र दशगजातीर फैलिदै छ ।

Apr 11, 2010

छलफलसहित गजल वाचन सम्पन्न

चैत २८ । प्रभास साहित्यिक समूह (केन्द्र) गजल विभागको संयोजनमा गजल वाचन तथा वाचित गजलहरुबारे छलफल सम्पन्न भयो । उक्त अवसरमा विशद, मंजु मार्मिका, नदीश र नाकिमाले आ-आफ्ना गजलहरु वाचन गर्नुभएको थियो भने ध्रुवसत्यले आफ्नो कविता वाचन गर्नुभएको थियो । गजल वाचन तथा छलफल प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना गरिने छ ।
गजल वाचनपछि बसेको समूहको सचिवालय बैठकले केन्द्रीय सदस्यहरु ध्रुवसत्य अपराजिता र सर्गमंजरीलाई समूहको साधरण सदस्य रहने गरी निर्णय गर्यो ।

Apr 5, 2010

एकहुल मान्छेहरु

- भुमरी
मेरा मतलबी आँखा अगािड
एउटा शाश्वत पहाड
जर्जर उकालो बोकेर ठिङ्ग उभिरहेछ
एकहुल मान्छे ढाकर र तोक्मालाई
बेसमारी उकालो धकेलीरहेछन्
थाप्लोको शितहरुले निथ्रुक्क भिज्दै
उकालोसँग निरन्तर भिडिरहेछन्
कदम-कदममा साहस फैलाउँदै
यात्री बनिरहेछन्÷सहयात्री बनिरहेछन्
गन्तव्यलाई पहिलाउँदै
परीलक्ष्य भेटाउन
प्यासी बनेर
हत्तार हत्तार गर्दैछन्
एकहुल मान्छे ।

हाँस्छन्रुन्छन्÷रुन्छन् हाँस्छन्
घरी मौन घरी चर्किन्छन्
चेतन अवचेतन दुई तन बोकेर
मुटुभरि कष्ट तौलदै
नवबिहानीको सु-सङ्केत
पाइला-पाइला अगाडि सार्छन्
आगोसँग मस्त जुवारी खेल्दै
प्राकृत तरङ्ग छरिरहेछन्
बिहानी भेटाउन
आतुर-आतुर छन्
एकहुल मान्छे
मेरा आँखाले नियालिरहेछ
मान्छेभित्रको म मान्छे
यथार्थताको कच्ची धरती टेकेर
उनीहरु पहाडका टाकुराहरु
धमाधम छिनाल्दैछन्
हतारहतारमा खाल्डाहरु पुर्दैछन्
एउटा नयाँ बस्ती बसाली
एकैसाथ घाम झुल्काउन
उछिनपाछिन गर्दैछन्
एकहुल मान्छे ।

Apr 4, 2010

स्वार्थी शहर भो

- अर्जुन बाराहाली
त्यसपछि त पुग्यो क्यारे स्वार्थी शहर भो
शोकमा छ गाउँ त अचेल खुसी जहर भो

संबिधान लेख्न पनि भुल्या हो कि कुन्नि
समयले नेटो काट्यो रातको पहर भो

शान्ति आउला, विकास पाउला भन्ने आसाहरु
दिवा सपना देखिएछ ब्यर्थ रहर भो

मेची-काली जोताउनलाई हुर्काएको बाछो
हुर्क्यो, बढ्यो, मत्त भयो अटेर बहर भो

पागल परिवेश

- जीवन चाम्लिङ
आँधीले युद्ध गरेको
परिवर्तनको यो समय पर्खालभित्र
त्यो शहरमा
त्यो गाउँमा
त्यो बस्तीमा
त्यो ह्दयहरुमा
झरनाको मीठो सुसेली जस्तै
काचन हुनुपर्छ विचार र आकांक्षाहरु
पाखाहरुमा फुल्ने लालीगुराँस र
एकलासको सुनाखरीभैष
प्रसन्न हुनुपर्छ
प्रत्येक त्यो रक्तिम बिहानीहरु
तर
सभ्यताको यो युगमा
घाइते संसारभैष
मान्छेको शब्द बेचेर
सत्य मान्छे हुन नसक्दा
बलात्कृत चेलीको
अस्मितामाथि नपरी सहवास गर्दै
राष्ट्रियतालाई जोर लात मार्नमै
खुसी हुन्छन् मान्छेहरु ।

इतिहासले कोल्टे फेरेर
परिबर्तनको अन्तरालमा
मान्छेले पुर्खाको बिडा थाम्नु पर्ने
इतिहासको गाथा बोक्नु पर्ने
बिडम्बना मान्छे मान्छे हुनुको अर्थ बिसर्िएर
किरातीको रितमा जाँड पिएर
बौलाएको जड्याहा जस्तो
कतै सन्तान लुटिएकी आमा जस्तो
खालि बौलाइरहन्छन् मान्छेहरु
यही समयको सन्नटालाई चिरेर
एकलास मध्यरातमा
अँध्यारो युगीन
यी सडकहरुमा
यी गल्लिहरुमा
यी चिहान चौतारीहरुमा
मध्य थकानलाई थाती राखेर
खोजीरहेछ अर्थ पागलपनको ।

गालेर आए

- हिरा प्रसाद दाहाल 'शितलब'
शान्तिको दीप बालेर आएँ
रगतको बर्तन हालेर आएँ

आशिर्वाद दिनुस नेपाल आमा
राजतन्त्र मैले फालेर आएँ

देशमा शान्ति आउनेछ भनी
मनमा आशा पालेर आएँ

शान्तिको महल बनाउनु पर्छ
महलको जग हालेर आएँ

कुसस्कार बोक्ने धरोहरहरु
आज नै मैले ढालेर आएँ

रुदै थिन मेरी नेपाल आमा
फाटेको मन टालेर आएँ

देशमा शान्ति स्थापित राख्न
आबश्यक कदम हालेर आए

राष्ट्रकै लागी यो हिरा मर्ला
दुश्मन वा सत्रु गालेर आए

Apr 3, 2010

गीत वाचन तथा छलफल सम्पन्न

२१ चैत्र । प्रभास साहित्यिक समूह (केन्द्र) गीत विभागको संयोजनमा गीत वाचन तथा वाचित गीतहरुबारे छलफल सम्पन्न भयो । उक्त अवसरमा नदीशले 'खुला छ आकाश', नाकिमाले 'शिर जस्तै अटल बन', विशदले 'जाली तिलहरीहरु' र मंजु मार्मिकाले 'चम्कियोस् नेपाल' शीर्षकका गीतहरु वाचन गर्नुभयो । गीत वाचन तथा छलफल प्रत्येक महिनाको तेस्रो शनिबार आयोजना गरिने छ ।

गीतको कार्यक्रमपछि प्रभास (केन्द्र) को सचिवालय बैठक बसियो । बैठकले प्रभास (खोटाङ) को संयोजक कोपिला थुलुङ 'आशुतोष' लाई सो समूहको केन्द्रीय सदस्यमा चयन गरेको छ ।