Apr 4, 2010

पागल परिवेश

- जीवन चाम्लिङ
आँधीले युद्ध गरेको
परिवर्तनको यो समय पर्खालभित्र
त्यो शहरमा
त्यो गाउँमा
त्यो बस्तीमा
त्यो ह्दयहरुमा
झरनाको मीठो सुसेली जस्तै
काचन हुनुपर्छ विचार र आकांक्षाहरु
पाखाहरुमा फुल्ने लालीगुराँस र
एकलासको सुनाखरीभैष
प्रसन्न हुनुपर्छ
प्रत्येक त्यो रक्तिम बिहानीहरु
तर
सभ्यताको यो युगमा
घाइते संसारभैष
मान्छेको शब्द बेचेर
सत्य मान्छे हुन नसक्दा
बलात्कृत चेलीको
अस्मितामाथि नपरी सहवास गर्दै
राष्ट्रियतालाई जोर लात मार्नमै
खुसी हुन्छन् मान्छेहरु ।

इतिहासले कोल्टे फेरेर
परिबर्तनको अन्तरालमा
मान्छेले पुर्खाको बिडा थाम्नु पर्ने
इतिहासको गाथा बोक्नु पर्ने
बिडम्बना मान्छे मान्छे हुनुको अर्थ बिसर्िएर
किरातीको रितमा जाँड पिएर
बौलाएको जड्याहा जस्तो
कतै सन्तान लुटिएकी आमा जस्तो
खालि बौलाइरहन्छन् मान्छेहरु
यही समयको सन्नटालाई चिरेर
एकलास मध्यरातमा
अँध्यारो युगीन
यी सडकहरुमा
यी गल्लिहरुमा
यी चिहान चौतारीहरुमा
मध्य थकानलाई थाती राखेर
खोजीरहेछ अर्थ पागलपनको ।

No comments:

Post a Comment