Apr 25, 2010

मेरो देश

- विपल बोयुङ
भूगोलको कुनै छेउ एक मेरो देश
नेपाली हुँ दौरा-सुरुवाल, टोपी मेरो भेष

चुल्ठोभरि फुलाउँछिन् दिदी लालीगुराँस
चौबन्दीमा खुलाउँछन् नाकबेली केस

भीर पाखा पखेरिमा हिमालको छाया
त्यही पाखाको मायाँ लौ लाग्छ अनिमेष

बनाउनु छ बाटो यही डोर् याउनुछ जीवन
डटछु खट्छु यहिँ म त लागे पनि ठेस

दसै नङ्ग्रा खियाएर उर्बराउँछु माटो म त
सिस्नु-साग, खोले-फाडो लाग्छ सारै बेस

No comments:

Post a Comment