Apr 4, 2010

गालेर आए

- हिरा प्रसाद दाहाल 'शितलब'
शान्तिको दीप बालेर आएँ
रगतको बर्तन हालेर आएँ

आशिर्वाद दिनुस नेपाल आमा
राजतन्त्र मैले फालेर आएँ

देशमा शान्ति आउनेछ भनी
मनमा आशा पालेर आएँ

शान्तिको महल बनाउनु पर्छ
महलको जग हालेर आएँ

कुसस्कार बोक्ने धरोहरहरु
आज नै मैले ढालेर आएँ

रुदै थिन मेरी नेपाल आमा
फाटेको मन टालेर आएँ

देशमा शान्ति स्थापित राख्न
आबश्यक कदम हालेर आए

राष्ट्रकै लागी यो हिरा मर्ला
दुश्मन वा सत्रु गालेर आए

No comments:

Post a Comment