Apr 5, 2010

एकहुल मान्छेहरु

- भुमरी
मेरा मतलबी आँखा अगािड
एउटा शाश्वत पहाड
जर्जर उकालो बोकेर ठिङ्ग उभिरहेछ
एकहुल मान्छे ढाकर र तोक्मालाई
बेसमारी उकालो धकेलीरहेछन्
थाप्लोको शितहरुले निथ्रुक्क भिज्दै
उकालोसँग निरन्तर भिडिरहेछन्
कदम-कदममा साहस फैलाउँदै
यात्री बनिरहेछन्÷सहयात्री बनिरहेछन्
गन्तव्यलाई पहिलाउँदै
परीलक्ष्य भेटाउन
प्यासी बनेर
हत्तार हत्तार गर्दैछन्
एकहुल मान्छे ।

हाँस्छन्रुन्छन्÷रुन्छन् हाँस्छन्
घरी मौन घरी चर्किन्छन्
चेतन अवचेतन दुई तन बोकेर
मुटुभरि कष्ट तौलदै
नवबिहानीको सु-सङ्केत
पाइला-पाइला अगाडि सार्छन्
आगोसँग मस्त जुवारी खेल्दै
प्राकृत तरङ्ग छरिरहेछन्
बिहानी भेटाउन
आतुर-आतुर छन्
एकहुल मान्छे
मेरा आँखाले नियालिरहेछ
मान्छेभित्रको म मान्छे
यथार्थताको कच्ची धरती टेकेर
उनीहरु पहाडका टाकुराहरु
धमाधम छिनाल्दैछन्
हतारहतारमा खाल्डाहरु पुर्दैछन्
एउटा नयाँ बस्ती बसाली
एकैसाथ घाम झुल्काउन
उछिनपाछिन गर्दैछन्
एकहुल मान्छे ।

No comments:

Post a Comment