Jan 26, 2011

समाज

- रश्मिला कवाङ 'रश्मि'
निमुखाको रगत चुसी अघाएको समाज
खोज्दाखोज्दै अस्तित्व हराएको समाज

भलाइको अर्थ छैन मिलापका के कुरा
स्वार्थरुपी आँकुराले पलाएको समाज

पुजा गर्नु बेकार छ आस्थाका यी मुर्तिहरु
अमूर्त ती प्रतिमाले बनाएको समाज

निर्मल जल बगाउन परै जाओस् आज
दीनदुःखीका अश्रुधार बगाएको समाज 

मन्द आवाज बिलाउँदै जान्छ कता कता
ठालुहरुले निर्धक्क भई चलाएको समाज

3 comments:

  1. रश्मिको सुन्दरतम् गजल । समाजलाई सुन्दर बनाउने अभियानमा यस्ता गजलहरुको उल्लेखनीय भूमिका रहन्छ ।

    ReplyDelete
  2. पुजा गर्नु बेकार छ आस्थाका यी मुर्तिहरु
    अमूर्त ती प्रतिमाले बनाएको समाज

    ReplyDelete