May 16, 2010

जेठ २२ मा 'शेर शल्यकि्रया-२'

०१ जेठ । प्रभास साहित्यक समूह केन्द्रको आयोजनामा निरन्तर रुपमा हुँदै आइरहेको आन्तरिक कार्यक्रम अन्तर्गत कविता विभागको संयोजनमा सदस्यहरु नाकिमा, तारा थुलुङ "अथाह", दृष्य, मंजु मार्मिका, रमेश स्वप्निल, विशद र नदीशको उपस्थितिसहित "कविता वाचन तथा अन्तरक्रिया" कार्यक्रम सम्पन्न भयो । कार्यक्रम पश्चात बसेको बैठकले प्रभास साहित्यिक समूहमा १० जना साधारण सदस्यहरु थप गर्ने निर्णय गर् यो । यसको साथै बैठकले आगामी जेठ २२ गते 'शेर शल्यक्रिया-२' शीर्षकमा एक व्यापक एवम् व्यवस्थित गजल अन्तरक्रिया गर्ने निर्णय पनि गरेको छ । प्रभासले २०६५ माघमा 'शेर शल्यक्रिया-१' आयोजना गरेको थियो ।

No comments:

Post a Comment