Feb 5, 2011

प्रतिबद्धता

प्रभास सासङ्क समूह(अलग अभियान)का सम्पूर्ण साथीहरु,

विषय : विशेष धन्यवाद सम्बन्धमा ।

तपाइँहरुको यो चिन्तनशील, प्रयत्नशील, अन्वेशषक र परिवर्तनशील प्रवृत्तिको मानव मस्तिष्कले आफ्नो ज्ञान, बुद्धि र विवेकलाई प्रज्वलित पार्नको लागि रोज्नु भएको साहित्यिक यात्रा सानो परिधिभित्र अटाउदैन । प्रत्येक अक्षर र शब्दलाई कुलोमा बगाई सम्पूर्ण मानव मस्तिष्कलाई सिन्चित गरी हराभरा र शान्तिमय बनाउने नै छ ।

साहित्यको माध्ययमबा समाज परिवर्तनको बाटोमा मलाई पनि पाउँदा ज्यादै खुशी लागको छ । आउँदा दिनहरुमा प्रभास (सासङ्क) समूहको विश्वासनियता, गौरव र गुणस्तरमा अझ वृद्धि हुने कुरामा पूर्ण आशावादी हुँदै प्रभासको सफलता नै आफ्नो पनि सफलता सम्झी आवश्यक सहयोगमा जुट्नेछु ।

मन, वचन र कर्मका तीनवटै तहबाट सिर्जनात्मक विशालतातर्फ गतिशील तुल्याइदिनु भएकोमा मुरीमुरी धन्यवाद दिँदै यो गतिलाई निरन्तरता दिनका लागि  म पनि तपाइँहरुको समीपमा रही कर्मक्षेत्रमा उत्रने प्रतिबद्धता व्यक्त गर्दछु।

तपाइँहरुकै सहयात्री
मन्जु खड्का (मन्जु मार्मिका)
छितापोखरी-४, खोटाङ
२०६५-११-०७

1 comment:

  1. अलग अभियानका सम्पूर्ण साथीहरु,म पनि तपाइँको समीपमा रही कर्मक्षेत्रमा उत्रने प्रतिबद्धता व्यक्त गर्दछु।

    ReplyDelete