Feb 3, 2011

ऊ बोल्दैछ शब्दमा मात्र म ओकल्दै छु

 - रागन
आकाश ढाकिएर कालो बादलले
उज्यालोलाई नै चुनौति दिइरहँदा
मुक्ति नांगिएर साम्राज्यवाद र धोकेवादले
अगेना सल्काएको आगोले वस्ती वस्ती पोल्दै गर्दा
शहरका भूतहरु गाउँ
स्ती पसेर
सोझालाई तर्साउँदै गर्दा
चिराक लिएर दुखेको अनुभवले पो
चित्कारीँदै म जन्मेको हुँ त 


ऊ थप्दै जान्छ
निराकार मगजलाई सुस्तविषले घोटंदै गर्दा
 
स्ती-स्ती घर-घर यहाँ एकएक हुँदै जल्दै गर्दा
कालो डरलाग्दो भयङ्कर क्रुर साम्राज्यवाद र पुँजिवादले
रातारात देश लिलामी हुँदै गर्दा
परिवर्तनलाई साकार रुप दिन पो त
तुफानिँदै म जन्मेको हुँ त
ऊ बोल्दै छ
स्ती - बस्तीमा नयाँ स्वरुपले
क्रान्तिको विपुल र्छन
क्रान्तिकारी साम्यवादी युग रोजाउन पो
राँकिदै म जन्मेको हुँ त 


अझ थप्छ ऊ
सामन्तीको घेरोभित्र
नांगिएको लाज छोप्न
फाँसिवादको कोठरीमा भोकाहरुको गास भर्न
व्यापारिक शिक्षा रोक्न/क्रान्तिकारी काँचुली फेर्न
लामो  यात्रा तयार गर्न
सबैलाई बचाउन पो त
दन्किँदै म जन्मेको हुँ त
कोरा र्बुजुवा शिक्षा प्रणालीलाई लात मार्दै
नयाँ नवीन निरपेक्ष शिक्षा रोज्न
आम विद्यार्थी युव वर्गलाई न्रि्रबाट जगाउन र्
वर्ग संर्घषको वैचारिक क्रान्तिकारी बाटो रोजाउन
सामन्तवादको उन्मुलन गराउन
निरंकुशतालाई भगाउन/सबैलाई जिताउन
सबैलाई बचाउन पो त
म जन्मेको थिएँ त 


ऊ हात हल्लाउँदै यस्तै बोल्दै थियो
र म शब्दमा ओकल्दै................। 

3 comments:

  1. रागनजीले कवितालाई अझ उचाई दिनका लागि शब्द छानोटमा ध्यान पुर्याउनु पर्ने देखिन्छ । यसो गरे कविता झनै राम्रो हुने थियो ।

    ReplyDelete
  2. महान् सहिद क.राकेशले बोल्नुभएका शब्दहरु आत्मासात गर्नुमा नै हाम्रो जीवनको सार्थकता छ । रागनजीले उहाँले बोल्नुभएका शब्दहरुलाई कवितामा ल्याउँदा विम्वहरुमार्फत् ल्याउनुपर्ने हो । सहिद राकेशलाई केन्द्रमा राखेर, आम सहिदलाई आधार बनाएर अर्को शक्तिकाली कविता बनाउन सकिन्छ । यो काम रागन वा दृश्यले नै गर्दा प्रभावकारी एवम् आधिकारिक होला भन्छु ।

    ReplyDelete
  3. रागनले आफ्ना शक्तिशाली विचारलाई कलात्मक ढङ्गले िसङ्गार्न सकेको खण्डमा धेरै प्रभावकारी हुन्थ्यो

    ReplyDelete