Feb 21, 2011

म कथाको पात्र

विपल बोयुङ

जीवन नै त कथा, म कथाको पात्र
बनाउँछ जो कथाले म त त्यति मात्र

हो कथाले भने जस्तै तिरै-तिर हिँड्छु
तिर्खाएको बगरलाई पसिनाले छिट्छु
यात्रा नै त कथा, म कथाको पात्र
बनाउँछ जो कथाले म त त्यति मात्र

कतै छायाँ जिन्दगानी अनि कतै घाम
उनै मेरी आमाले नै लेखेकी यो नाम
जीवन नै त कथा, म कथाको पात्र
बनाउँछ जो कथाले म त त्यति मात्र

6 comments:

  1. उनै मेरी आमाले नै लेखेकी यो नाम
    yo name lay kaslai vanayako ho ali confusing cha jasto lagyo....tara geet ramro banayako cha.

    ReplyDelete
  2. उच्च स्तरको अभिव्यक्ति कला । मर्मस्पर्शी भाव । तर अरुको कथाको पात्र हुनुको साटो आफ्नो कथामा पो अरुलाई पात्र बनाउने कि ?

    ReplyDelete
  3. यति राम्रो गीत लेख्ने मान्छे कसरी अरुको कथाको पात्र बन्नु होला र ? यात्रा पनि त तपाइले नै तय गरेको हुनुपर्छ ।

    ReplyDelete
  4. This comment has been removed by the author.

    ReplyDelete
  5. पृथक, यसमानेमा की शब्दसंयोजन अलग छ ।
    सार्थक, यसमानेमा की गीत पूर्ण र गजब बनेको छ ।
    बधाई ।

    ReplyDelete
  6. सामान्य संरचनाभित्र एउटा नवीन शैलीमा प्रतीकात्मक प्रस्तुती !

    ReplyDelete