Feb 28, 2011

तिमी

दृश्य


तिमी पागल भएकी छौ
अहँ म मान्दिन
किनकि
म तिम्रै भरमा बाँचिरहेको छु

तिमी घायल भएकी छौ
अहँ म मान्दिन
किनकि
म तिम्रै पिडामा हाँसिरहेको छु

तिमी कुरुप भएकी छौ
अहँ म मान्दिन
किनकि
म तिम्रै सुन्दरतामा अल्झिरहेको छु

तिमी बलात्कृत भएकी छौ
अहँ म मान्दिन
किनकि
म तिम्रै निम्ती यौवन जोगाइरहेको छु

तिमी पागल भएकी छौ
तिमी घायल भएकी छौ
तिमी कुरुप भएकी छौ
तिमी बलात्कृत भएकी छौ
तिमी
तिमी, ए राष्ट्रियता !
सर्वाङ्ग नाङ्गो भएकी छ्यौ ।

3 comments:

  1. दृश्यजीले कवितामा स्पष्ट दृश्य निर्माण गर्नु भएको छ । उहाँका पहिलेका कविताहरु बिम्ब प्रधान हुन्थे । प्रस्तुत कविता शिल्प प्रधान छ । राष्ट्रियताको मुद्दालाई पृथक कोणबाट उठाइएको छ । लामो समयपछि सशक्त कविता पढ्न पाउँदा निकै खुसी लाग्यो । निरन्तर कविता लेखनको आग्रहसहित विशेष बधाई । (दोस्रो अनुच्छेद चाहिँ बिरोधाभास लाग्यो है !)

    ReplyDelete
  2. नयाँ शैलीको विकास गर्नु भएको छ, यस्तै कविताको अपेक्षा सहित शुभकामना !!

    ReplyDelete
  3. drishya g ... lamo samayepachhi kavita lekheko ma badhai ... ra badhai tapaiko lekhan saililai .... alag abhiyan le thuprai srijanaharuko asa gareko chha tapaisangabata!

    ReplyDelete