Apr 23, 2011

डुङ्गा भएछु

 

माफ गर प्रिय मान्छे ढुङ्गा भएछु
नदी तर्छु भन्दा भन्दै डुङ्गा भएछु

फुलेछ केश पनि लड्दालड्दै सहरसँग
परेछ रात अनि हिँड्दाहिँड्दै रहरसँग
उड्दाउड्दै चुडिएको चङ्गा भएछु
माफ गर प्रिय मान्छे ढुङ्गा भएछु

रेटिदो हो मन पनि काट्दा दाउरा-घाँस
बल्झदो हो याद अनि धाउँदा मेला-पात
गाउँदागाउँदै व्यथा, मुर्चुङ्गा भएछु
माफ गर प्रिय मान्छे ढुङ्गा भएछु

2 comments:

  1. यो गीतले त साह्रै मन छोयो नाकिमा ! यसलाई सङ्गीतबद्ध गर्नुपर्छ...

    ReplyDelete
  2. सुरुवात र अन्त्यजस्तै बिचको भाग पनि बलियो हुन्थ्यो भने…

    ReplyDelete