Apr 7, 2011

नयाँ-नयाँ फाँटहरु


मंजु मार्मिका

नयाँ-नयाँ फाँटहरुमा अघि बढ्दैछौँ
नयाँ-नयाँ उकालीमा माथि चढ्दैछौँ
नयाँ बिहान भित्राउन

तिम्रो अभिभारा यो मेरो अभिभारा हो
नविनताको खोजी गर्ने अभिरुचि हाम्रो हो
नयाँनयाँ दिशाहरु खोज्दै
नयाँ-नयाँ फाँटहरुमा अघि बढ्दैछौँ
नयाँ बिहान भित्राउन

पत्थरको कथा छ, मलमलको पनि यही
समानता ल्याउनु छ समतल बनाई यो भूमि
नयाँ तुलो लिएर जोख्दै
नयाँ-नयाँ उकालीमा माथि चढ्दैछौँ
नयाँ बिहान भित्राउन

3 comments:

  1. तिम्रो अभिभारा यो मेरो अभिभारा हो
    नविनताको खोजी गर्ने अभिरुचि हाम्रो हो

    ReplyDelete
  2. पत्थरको कथा छ, मलमलको पनि यही
    malai yo line chai man paryo .... tapai mehanet garera lekhnuhudaina k manju ji ... mehanet ra pariskar garnus na ho yo dui din ko jindagima!!!

    ReplyDelete
  3. 'म' बाट मन्जु हुन्छ
    'म' बाट मार्मिका हुन्छ
    अब,
    'म' बाट मिहिनेत पनि चाहिन्छ

    ReplyDelete