Jan 8, 2011

बैठक २०६७-०९-२४ ले गरेका निर्णयहरु

१.अभियन्ता वर्गीकरण
विशेष अभियन्ताहरु : नाकिमा, नदीश, विशद, दृश्य, मंजु मार्मिका, मुना निश्चल, विपल बोयुङ, कपिल अन्जान, तारा थुलुङ 'अथाह', एस के किरण, शकुन आँसु, प्रतिमा पाठक र अस्मिता मानन्धर ।
अभियन्ताहरु : बाँकी सबै अभियन्ताहरु ।

.कार्यविभाजन फेरबदल
मंजु मार्मिकाले ब्लग र विशदले 'अक्षरसँग'को मूख्य जिम्मेवारी सम्हाल्ने ।

.नयाँ नियमित कार्यक्रम
अलग अभियानको आयोजना विशदको संयोजकत्व र अस्मिता मानन्धरको सह-संयोकत्वमा आउँदो माघ महिनादेखि सिर्जना वाचन र समीक्षाको 'अक्षरसँग' नामक नियमित मासिक कार्यक्रम गर्ने ।

.ब्लगलाई प्रभावकारी बनाउने
ब्लगलाई प्रभावकारी बनाउन प्रत्येक महिनाको ४ र २० गते कविता, ८ र २४ गते गीत, १२ र २८ गते गजल र १६ गते गद्य गरी जम्मा ७ वटा सिर्जना प्रकाशन गर्ने । यसका लागि दृश्यले कविता, मंजु मार्मिकाले गीत, कपिल र बोयुङले गजल र एस के किरणले गद्य सङ्कलन गर्ने । सङ्कलित सम्पूर्ण सिर्जनाहरु मंजु मार्मिकाले अपडेट गर्ने । सबै विशेष अभियन्ताहरुले प्रकाशित प्रत्येक सिर्जनाहरुको अनिवार्य प्रतिक्रिया लेख्ने । इन्टरनेटको पहुँच नभएका अभियन्ताहरुलाई प्रिन्ट गरेर ब्लगमा प्रकाशित सिर्जनाहरु उपलब्ध गराउने ।

.सलामबिहानी डटकम
सलामबिहानी डटकममा प्रत्येक महिनाको ५ र २५ गते गद्य सिर्जना प्रकाशन गर्ने । गद्य सङ्कलन एस के किरणले गर्ने । 'केही प्रतिनिधि नेपाली कविताहरु'लाई सलामबिहानी डटकममा प्रकाशित गर्ने ।

.शब्दशिखा/अलग अभियान
शब्दशिखालाई आगामी बैशाखदेखि पुस्तकाकार त्रैमासिकको रुपमा प्रकाशन गर्ने र 'अलग अभियान' नामक हावाई मासिक प्रकाशन प्रारम्भ गर्ने ।

.प्रतिनिधि नेपाली कविता/गीतहरु
'केही प्रतिनिधि नेपाली कविताहरु'लाई सबै अयिन्ताहरुमाझ पुर्याउने । गीत विभागको संयोजनमा 'केही प्रतिनिधि नेपाली गीतहरु' सङ्कलन प्रारम्भ गर्ने ।

.गीत अन्तरक्रिया/गजल सङ्ग्रह प्रकाशन
अन्तरक्रियाको लागि गीत र सङ्ग्रह प्रकाशनको लागि गजल सङ्कलन प्रारम्भ गर्ने । अर्को बैठकबाट गजल सङ्ग्रहको नाम चुनेर त्यही नामबाट ब्लग खोलेर छनौट भएका गजलहरुलाई प्रकाशन गर्दै जाने ।

.आर्थिक
आर्थिक व्यवस्थापनको लागि प्रत्येक विशेष अभियन्ताहरुबाट मासिक ५० रुपैयाँ सङ्कलन गर्ने ।

No comments:

Post a Comment