Jan 21, 2011

अलग अभियान

-नदीश
अलग छ गोरेटो
अलग छ यो यात्रा
अलग छ परिचय
अलग हाम्रो सोचाई
यो हाम्रो अलग अभियान
हाम्रो यो अलग अभियान

हेर उदायो बिहानीको लाली
जाग्दैछ समय जाग्दैछ यसपाली
देखेर सपना पूरा गर्ने चाह 
हिड्नेछौँ निरन्तर नपुगिन्जेल त्यहाँ
यो हाम्रो अलग अभियान 
हाम्रो यो अलग अभियान


हाम्रो चिनारी हाम्रो साथी कलम
दुखेको समाजमा हामी बन्छौँ मलम
पात्र यिनै हुन् परिवेश यही हो 
लेख्छौँ जे देख्छौँ घटना सही हो
यो हाम्रो अलग अभियान 
हाम्रो यो अलग अभियान

2 comments:

  1. अलग छ गोरेटो
    अलग छ यो यात्रा
    अलग छ परिचय
    अलग पहिचान
    यो हाम्रो अलग अभियान
    हाम्रो यो अलग अभियान

    ReplyDelete
  2. सम्पादन सहितको गीत पारित है त…

    ReplyDelete