Jan 18, 2011

ऊ कतिन्जेल सहिरहन्छ

 - मंजु मार्मिका
पट्यार लाग्दो घामले सुकेका
ती क्याक्टसका बोटहरुले
दिनानुदिन सियोको टुप्पोले झैँ
मुटु छियाछिया हुने गरी घोचिरहन्छ
ती एक जोर पैतालाहरुमा

विनाशकारी हावाहुरीले
सुकाएका विरुवाबाट झरेका पातहरुमा
मचक्क टेक्दा सोला दिएको
भान हुन्छ तिनै एक जोर पैतालाहरुमा

घरमा पुग्दा फिजै फिजले
भरिएका ओडारजस्ता मुख
बाइरहेका हुन्छन पशुहरु
तिखा बाङ्गिएका दातहरु देखाएर
ती पशुहरुले साह्रै दुःख दिइरहेका छन्
प्रत्येक गरिबका एक जोर हत्केलाहरुलाई

पछ्याउँछ समयलाई कमजोर ठानेर
र त निरन्तर बर्जाछन् झापट ती
उड्न खोज्ने पखेटाहरुमा
र ओस्याउँछन् चिसो छिडीमा रातभरि
कहिले उठ्नै नसक्ने गरी
ती एक जोर पैतालाहरुलाई

गाउँठाउँ र वरिपिर
देशदेखि विदेशसम्म
सडक र सहरभरि
खैलाबैला हुन्छ उसैको
वायुमण्डलको चिसो हावाले पेट भर्छ
र मर्छ रातभरि
थापेर ती दुई हत्केलाहरु

बिहान हुन नपाउदै
नाङ्गिन्छन् अङ्गहरु
च्यातिन्छन् वस्त्रहरु
प्राकृतिका अनमोल झाडीहरुमा
नाङ्गा ती एक जोर पैतालाहरुसँगै
यसै गरि नाङ्गिरहेछन वर्षौँदेखि निरन्तर
तर ऊ यी सबै-सबै किन सहिरहन्छ
आफ अपराधी झैँ चुपचाप
एककोहोरो भएर ऊ कतिन्जेल सहिरहन्छ

3 comments:

  1. मन्जुको सुन्दर मध्येको रचना
    तर उनी परिष्कार गर्न अल्छी मान्छिन्

    ReplyDelete
  2. तर उनी परिष्कार गर्न अल्छी मान्छिन्

    ReplyDelete
  3. 'अल्छिपना' लेखनको लागि 'हानिकारक' छ !

    ReplyDelete