Feb 8, 2011

आफ्नै गाउँ फर्केँ म

- तारा थुलुङ 'अथाह'
कतै जाऊ बिर्सिन्न
जहाँ जन्मे, हुर्के  म 
डाँडा-काँडा, भाज्याङ काट्दै 

आफ्नै गाउँ फर्के  म  

खोरीयामा मकै छर्ने 
जेठा दाइलाई मेरो सलाम
मेहनेतले पेट भर्ने
भाउजूलाई मेरो सलाम 
लालाबाला काखी च्यापी 
हसिँया र डोको बोक्ने
तल्लाघरे काकीलाई
कोटी कोटी मेरो सलाम 

जन्मदै मेहनेतको
फल राख्या निधारमा 
कडा परिश्रमपछि 
मुस्काउने अधरमा 
स्वाभिमानको रेखा कोर्दै 
सन्जीवनी छर्केँ म
डाँडा-काँडा, भाज्याङ काट्दै 
आफ्नै गाउँ फर्के  म 

4 comments:

  1. मीठो गीतको लागि तारालाई मेरो सलाम

    ReplyDelete
  2. शैली निकै मिठ्ठो छ, मिठासयुक्त शब्दको प्रयोगमा अझै ध्यान दिन सके त झन कति जाति हुन्थ्यो... जे होस् बधाई तारालाई सार्थक गीतको लागी...

    ReplyDelete
  3. Janma bhumu partiko maya lai mithas yukta sabdal sajaunu bhayako ma badhai 6 Tara Lai.

    ReplyDelete
  4. अथाहले यो गीतमार्फत् ग्रामीण जीवन र श्रमप्रति सम्मान गरेकी छिन् । सरल एवम् कवितात्मक शैली अपनाएकी हुनाले उनले यी कुरा सहज र स्पष्ट रुपमा अभिव्यक्त गर्न सफल भएकी छिन् । उनको यो सफल प्रयत्नलाई सलाम !

    ReplyDelete