Feb 24, 2011

के हुँदैछ अचेल

-  नदीश
के हुँदैछ अचेल दरबारभित्र ?
गाइँगुइँ छ प्रत्येक घरबारभित्र

कमिशन छाप्छ अन्धो सम्पादक
जलिरहेछन् नागरिक अखबारभित्र

देश लुट्न त्यति कहाँ सजिलो छ ?
आफ्नो मान्छे छैन सरकारभित्र

छ दिन साताको कामचलाउ जिन्दगी
के-के गरी भ्याउनु आइतबारभित्र ?

कुमारजी आज्ञा गर्नुहुन्छ-हे युवराज
आफ्नै सम्झिबक्स्योस् बालुवाटारभित्र

5 comments:

  1. देश लुट्न त्यति कहाँ सजिलो छ ?
    कलात्मक गजल लेख्न कहाँ सजिलो छ?

    ReplyDelete
  2. बुझ्नू गजलप्रेमीहरुको लागि सुन्दर गजल मात्र होइन देश लुटेराहरुको लागि ज्यानमारा गोली पनि हो यो, र बुझ्नू गजल मार्फत् गोली हान्नु बन्दुकबाट हान्नु जस्तो सजिलो छैन !

    ReplyDelete
  3. छ दिन साताको कामचलाउ जिन्दगी
    के-के गरी भ्याउनु आइतबारभित्र ?

    ReplyDelete
  4. यति प्रभावकारी व्यङ्ग्यात्मक गजलले धेरै लुटेराको मुटुमा प्वाल पार्न सक्छ

    ReplyDelete
  5. pratinidi yetharta bolne gazal...........

    ReplyDelete