Mar 23, 2011

यही त दासता हो

विशद

न फुल्छ गौरव छाती
न उठ्छ शिर माथि
यही त दासता हो

बोक्छौ तिमी आकाश
र बोक्छौ नयाँ मालिक
पुज्छौ यो धर्ती
र माटो चोर्ने शालिक
न बाँच्नु न मर्नु
यही त दासता हो

खै उठेको मुठ्ठी
खै उठेको लाठी
देश नै बिलाइसक्यो
खै जलेको छाती
चुपचाप पखिरहन्छौ
यही त दासता हो

3 comments:

  1. राष्ट्रियता प्रति सचेत गराउने श्ब्दहरुको संयोजनमा राम्रो गीत बनेको छ

    ReplyDelete
  2. विषयमा असहमत हुने ठाउँ छैन । पस्काइमा मिहिनेत नपुगनेको हुनुपर्छ जस्तो कि, त्यति प्रिय सुनिदैन- 'न फुल्छ गौरव छाती' ।

    ReplyDelete
  3. खै उठेको मुठ्ठी
    खै उठेको लाठी
    देश नै बिलाइसक्यो
    खै जलेको छाती
    yehanira chai mathijastai mitho suniyena ...

    ReplyDelete