Mar 15, 2011

जल्लाद लेखिदियो

 कपिल अन्जान

नियतीले निधारमा जल्लाद लेखिदियो
यस्तो लाग्छ उपहारमा जल्लाद लेखिदियो

बा आमाले के-के बनाउने सोचेका थे
किन त्यती हतारमा जल्लाद लेखिदियो

आकाश र धर्तीको दुरी नाप्न सक्दिन
मलाई मात्र संसारमा जल्लाद लेखिदियो

न जिन्दगी बदल्न सक्छु न न्याय पाउन सक्छु
कसैले हिजो अखबारमा जल्लाद लेखिदियो

पहिचान बनाउन अब बर्षौ लाग्नेछ
जोडेर गजलकारमा जल्लाद लेखिदियो

3 comments:

  1. जबसम्म गजलकारहरुले 'गजल'को नाममा यसरी 'हावा' लेखिरहन्छन्(समाजका अन्तरविरोधहरुलाई लेख्दैनन्) तबसम्म न गजलकार स्थापित हुन्छ न त गजल विधा नै । 'उस्तै छ रोल्पा र रुकुम' र 'मुक्त कमैया' जस्ता मास्टरपिस गजलहरु पनि कपिलजीले नै लेख्नुभएको हो भनेर उहाँलाई नै स्मरण गराउन चाहन्छु ।

    ReplyDelete
  2. नाकिमाले निधारमा जल्लाद लेखिदियो
    यस्तो लाग्छ कपिलजीलाई जल्लाद लेखिदियो

    ReplyDelete
  3. तुलनात्मक रुपमा कमजोर गजल भएको पुष्टी भइसकेको छ ।

    ReplyDelete