Mar 30, 2011

विशेष दिनहरु

एस.के किरण



       अब मैले तयारी गर्नै पर्छ भोलि नै को पो कार्यक्रम ! अर्थात एउटा विकासे मान्छे कहाँ कति विकास गर्ने कहाँ कति पैसा बाड्ने कहाँका मान्छेलाई दुई चार दिन मिठो मसिनो खुवाई गर्जो टारिदिने त्यसको निर्णय गर्नेवाला भोलि उसको विशेष दिन तर आजको विशेष दिनको कार्यक्रमले उसलाई गलाइसकेको रसको स्वाद सिद्धिइसकेको अघि नै हो तर पेटमा गएर उपस्थिति जनाउन थालिसकेको तर जसरी भए पनि उसलाई भोलिको लागि तयारी गर्नुपर्ने थियो

     ऊ विगतमा जान खोज्छ गाडीबाट सयर गरेका ठाउँहरु (भित्री कुरो : उसलाई ती गाउँमा जादाँ कतिखेर आफ्नो .सी. वाला गाडीमा जाउँ जस्तो लागेको थियो) भोलिको चाराहरु महिलाहरु सम्झिन पुग्छ त्यतिखेर पनि केहि सय रुपैया थापेको थियो बल्छीमा बर्ढान सफा गर्न लगाएर जुन बल्छीमा पछि लाखौ रुपैँया परेको थियो त्यहको समस्या उठान गर्न थाल्दा महिलाहरु बाहिर निस्कन नपाउने नचिनेका मान्छेसँग बोल्न नपाउने सफा नभएको जहाँतहिँ फोहोर, प्रसवकालमा मृत्युवरण, इत्यादि इत्यादि
        लेख्दा-लेख्दा एउटा सानो तिनो प्रतिवेदन तयार भएछ फलाना गाँउको तत्कालिन स्थलगत रिर्पोट … .. रसले आफ्नो प्रभुत्व देखायो आफु बिजयी हुनु आवश्यक पनि थिएन उसलाई, रसलाई बिजयी गरायो
     आज उसको दिन शानदार भयो अहिले उसलाई बल्छी थाप्नु पनि परेन पहिलेको बल्छीले नै काम गरेको थियो तर पनि लाखौं उसको हातमा आउनेछ अबका केहि दिनमा
धत्तेरीकाभोलि पनि विशेष हो भोलि पनि बल्छी थाप्नु युवालाई लिएर कस्तो बिसे्रको हे रस आज पनि पछि प्रभाव देखा है ………

2 comments:

  1. एस के किरन व्यङ्ग्यवादी श्रष्टा हुन् यसमा हाम्रो दुइमत छैन । तर आजकाल भैरववादी शैली धेरै पुरानो भइसक्यो । किरनले नया शैलीमा व्यङ्ग्य पस्किनु एकदम जरुरत छ । र अर्को मुख्य कुरा अनावस्यक क्लिष्टता र विम्वको प्रयोगले रचनालाई थप नमीठो बनाउन सक्ने कुरालाई पनि उनले बुझ्न जरुरत ठान्छु म ।

    ReplyDelete
  2. पुरानो बोतलमा नयाँ रक्सी ?!

    ReplyDelete