Mar 8, 2011

ए होइ बोल्छ पिरती

मुना निश्चल

यो ठाउँको डाँडाकाडा भाज्याङ चौतारी
चौबन्दीको तुनाले ए होइ बोल्छ पिरती

गुन्जिन्छ यो वनपाखा कोइलीको भाका

हरियाली मनोरम छ मझुवाको पाखा
डोको-नाम्लो दाउरा-घाँस रोधी-जुहारी
चौबन्दीको तुनाले ए होइ बोल्छ पिरती

उकाली र ओराली झरना खोला बगर

झरनाजस्तै नदीजस्तै सङ्लै छ रहर
मेलापात खेतबारी नागी देउराली
चौबन्दीको तुनाले ए होइ बोल्छ पिरती

5 comments:

  1. eak gaule juvan ko yetharta prastut garne geet.......

    डोको-नाम्लो दाउरा-घाँस रोधी-जुहारी
    मझुवाको पाखा...........
    jasta sabda harulay geet lai aaja murta rup dayako cha........

    ReplyDelete
  2. गाउँघरमा प्रयोग हुने शब्दहरुको छनौटले गर्दा गीत सुन्दर बनेको छ
    गीत लेख्ने शैलीमा नयाँपन दिन सके अझ राम्रो हुन्थ्यो

    ReplyDelete
  3. मौलीक शब्दले मौलिक शैली पनि पाए त झन जाति हुन्थ्यो । तर शब्द मिठा छन् है…

    ReplyDelete
  4. 'डोको-नाम्लो, दाउरा-घाँस, रोधी-जुहारी, मेलापात-खेतबारी, नागी-देउराली' जस्ता शब्दले विषयलाई न्याय गरेका छन् । 'ए होइ' ले गीतलाई जीवन्त बनाउन सघाएको छ । स्थायीको दोस्रो हरफ(चौवन्दीको तुनाले ए होइ बोल्छ पिरती)को संरचना असहज देखिन्छ ।

    ReplyDelete
  5. swotantra sabdaharuko ali badhi prayog bhayo ... maulikta lai salam chha ! swotantra sabdaharuko thupro chahi halka kam garnuparyo!

    ReplyDelete