Mar 27, 2011

समाज विहीन

प्रतिमा पाठक

समाज विहीन घरमा उभिएछ काठमाडौं
विश्वासहीन डरमा भासिएछ काठमाडौं

घरै-घरको चिहान खन्दै छन् हातहरु
लुटिएका रहरमा बाँधिएछ काठमाडौं

सूर्यमुखी, सूर्य खोज्छे काठमाडौं सहरमा
अन्धकारको प्रहरमा पोतिएछ काठमाडौं

मान्छेहरुको छातीभित्र निरासाले परेड खेल्छ
अभावको लहरमा दौडिएछ काठमाडौं

देशभरिकै समस्या पारि तार्न खोज्दै
अस्तव्यस्त नहरमा पौडिएछ काठमाडौं

6 comments:

  1. गजलको परम्परागत घेराबन्दी तोड्ने प्रयास प्रशंसीय छ तर अन्तिम शेर अलि मिठो छैन, नराखौं होला ।

    ReplyDelete
  2. प्रतिमा जी प्रयास राम्रो छ जारी रहोस ।

    ReplyDelete
  3. This comment has been removed by the author.

    ReplyDelete
  4. प्राविधिक कमजोरी नभएको होइन जस्तो कि अन्तिम शेर तर विषयबस्तु र प्रस्तुति दुवैमा गाम्भीर्यता छ । यसले प्रतिमाको गजलकारिता र समग्र लेखन प्रचुर सम्भावनायुक्त छ भन्ने सङ्केत गर्छ । नेपाली गजलको बजार(प्रतिस्पर्धा)लाई हेर्दा भने अलग अभियानका गजलकारहरुले अध्ययन र श्रम(मिहिनेत)लाई गुणा गर्नुपर्ने अनुभूत हुन थालेको छ मलाई ।

    ReplyDelete
  5. es rachanaka kami kamjori lai aunlyaera malai ajhai pariskrit huna sahayog garne tapaiharuka pratikriya ka lagi dhanyabaad.....antim sherko lagi abhiyantaharuko eutai sujhab ho vane malai pani teslai hatauna aapatti vae jasto lagena...mero prayas jari 6. sallah sujhabka lagi dhanyabaad!

    ReplyDelete
  6. अन्तिम शेरनै हटाउनुपर्ने जरुरत देख्दिन म । हो पक्कै पनि अन्तिम शेरको मिसरा ए उला मा प्राविधिक कमजोरी सँगसँगै प्रतीकात्मक कमजोरी पनि भएको हो कि ? जस्तो कि अघिका मिसरा ए उलाहरु यस भन्दा प्रतीकात्मक छन् । अन्तिम शेर हटाउनुभन्दा अन्तिम मिसरा ए उलालाई हल्का परिमार्जन गर्नु उत्तम हुन्छ ।

    ReplyDelete