Mar 22, 2011

तिम्रो भगवान

नाकिमा 

खुब रिसाएको छ रे मसँग
तिम्रो भगवान

'ढुङ्गा कसले टाढा मिल्काउने है ?'
बच्चा छदा खुब खेलियो यस्तो खेल
गट्टा पनि त थोरै खेलेको होइन
बाउले मुतिन्जेल कनसिरी तानेको
अहिले जस्तो लाग्छ

मूलबाटो हिँड्दा
कत्ति हानियो ढुङ्गालाई लात्ती

रुखमाथिको आँप झार्न पनि उही ढुङ्गा
बाँसघारीको चरा मार्न पनि त्यही ढुङ्गा
ट्वाइलेट नभएको ठाउँमा
ट्वाइलेट पेपरको सट्टा पनि ढुङ्गा !

रिसाउँछ
जरुर रिसाउँछ
ढुङ्गा उर्फ तिम्रो भगवान ।

2 comments:

  1. रिसाउदैन पक्का रिसाउदैन किनकि योसँग संवेदना छैन त्यो मात्र नाकिमा जस्ता कविलाई थाहा छ । व्याङ्ग्यात्मक कविता शिल्पले भरिपूर्ण छ ।

    ReplyDelete
  2. जतासुकै जहाँसुकै भगवान देख्नेहरुलाई यो कविताले राम्रो सँग झापड हानेको छ । व्यङ्ग्य गर्न सहज छैन विल्कुल । प्रतीकात्मक व्यङ्ग्य मेरो मनपर्ने खुराक हो ।

    ReplyDelete