यो देशलाई माया गर्नेहरु उठ
फेरी माटो निम्ती मर्नेहरु उठ
प्रभातको लाली उदायो क्षितिजमा
बिहानीको रङ्ग भर्नेहरू उठ
सहादत छ जीवन भन्थेउ तिमीपनि
सिमानामा रातो कोर्नेहरु उठ
हिमाल पहाड तराई हुन्न कै पराई
चेतनाको ज्योति छर्नेहरु उठ
उर्लिदोछ त्यहाँ भेल दमनको
हात जोडी सागर तर्नेहरु उठ
जलाउनै छ बाँकी भण्डार अराजकको
ज्वाला बनी अघि सर्नेहरु उठ
विपलजीका उत्कृष्ट गजलहरुको भीडमा यो गजल कमजोरीका कारण भिन्न छ ।
ReplyDeleteविशदजीको प्रतिकि्रया चाहिँ कलात्मक लाग्यो । अर्को कुरा विपल स्वयम्ले आफ्नो गजलमाथि उचित प्रतिकि्रया दिएका छन् । विपलजीको यो महान् एवम् गौरवशाली कदमलाई म स्वागत गर्छु ।
ReplyDeleteविपलहरुको कामचलाउ लेख्ने दिन गयो । यसो भनौं नेपाली गजललाई नेतृत्व गर्ने ढङ्गले लेख्नुपर्यो । यो आग्रह र आवश्यकता दुवै हो ।
ReplyDelete