एस.के किरण
ऊ विगतमा जान खोज्छ । गाडीबाट सयर गरेका ठाउँहरु । (भित्री कुरो : उसलाई ती गाउँमा जादाँ कतिखेर आफ्नो ए.सी. वाला गाडीमा जाउँ जस्तो लागेको थियो) । भोलिको चाराहरु महिलाहरु… ऊ सम्झिन पुग्छ । त्यतिखेर पनि त ऊ केहि सय रुपैया थापेको थियो बल्छीमा बर्ढान सफा गर्न लगाएर जुन बल्छीमा पछि लाखौ रुपैँया परेको थियो । त्यहको समस्या उठान गर्न थाल्दा महिलाहरु बाहिर निस्कन नपाउने नचिनेका मान्छेसँग बोल्न नपाउने सफा नभएको जहाँतहिँ फोहोर, प्रसवकालमा मृत्युवरण, इत्यादि इत्यादि ।
लेख्दा-लेख्दा एउटा सानो तिनो प्रतिवेदन त तयार भएछ । फलाना गाँउको तत्कालिन स्थलगत रिर्पोट … .. रसले आफ्नो प्रभुत्व देखायो । आफु बिजयी हुनु आवश्यक पनि थिएन उसलाई, रसलाई बिजयी गरायो ।
आज उसको दिन शानदार भयो । अहिले त उसलाई बल्छी थाप्नु पनि परेन पहिलेको बल्छीले नै काम गरेको थियो तर पनि लाखौं उसको हातमा आउनेछ अबका केहि दिनमा ।
धत्तेरीका ! भोलि पनि त विशेष हो । भोलि पनि त बल्छी थाप्नु छ युवालाई लिएर कस्तो बिसे्रको । हे रस आज पनि पछि प्रभाव देखा है ………
अब त मैले तयारी गर्नै पर्छ । भोलि नै को पो त कार्यक्रम ! ऊ अर्थात एउटा विकासे मान्छे कहाँ कति विकास गर्ने कहाँ कति पैसा बाड्ने कहाँका मान्छेलाई दुई चार दिन मिठो मसिनो खुवाई गर्जो टारिदिने त्यसको निर्णय गर्नेवाला । भोलि उसको विशेष दिन छ । तर आजको विशेष दिनको कार्यक्रमले उसलाई गलाइसकेको छ । रसको स्वाद सिद्धिइसकेको अघि नै हो तर पेटमा गएर उपस्थिति जनाउन थालिसकेको छ । तर जसरी भए पनि उसलाई भोलिको लागि तयारी गर्नुपर्ने थियो ।
ऊ विगतमा जान खोज्छ । गाडीबाट सयर गरेका ठाउँहरु । (भित्री कुरो : उसलाई ती गाउँमा जादाँ कतिखेर आफ्नो ए.सी. वाला गाडीमा जाउँ जस्तो लागेको थियो) । भोलिको चाराहरु महिलाहरु… ऊ सम्झिन पुग्छ । त्यतिखेर पनि त ऊ केहि सय रुपैया थापेको थियो बल्छीमा बर्ढान सफा गर्न लगाएर जुन बल्छीमा पछि लाखौ रुपैँया परेको थियो । त्यहको समस्या उठान गर्न थाल्दा महिलाहरु बाहिर निस्कन नपाउने नचिनेका मान्छेसँग बोल्न नपाउने सफा नभएको जहाँतहिँ फोहोर, प्रसवकालमा मृत्युवरण, इत्यादि इत्यादि ।
लेख्दा-लेख्दा एउटा सानो तिनो प्रतिवेदन त तयार भएछ । फलाना गाँउको तत्कालिन स्थलगत रिर्पोट … .. रसले आफ्नो प्रभुत्व देखायो । आफु बिजयी हुनु आवश्यक पनि थिएन उसलाई, रसलाई बिजयी गरायो ।
आज उसको दिन शानदार भयो । अहिले त उसलाई बल्छी थाप्नु पनि परेन पहिलेको बल्छीले नै काम गरेको थियो तर पनि लाखौं उसको हातमा आउनेछ अबका केहि दिनमा ।
धत्तेरीका ! भोलि पनि त विशेष हो । भोलि पनि त बल्छी थाप्नु छ युवालाई लिएर कस्तो बिसे्रको । हे रस आज पनि पछि प्रभाव देखा है ………
एस के किरन व्यङ्ग्यवादी श्रष्टा हुन् यसमा हाम्रो दुइमत छैन । तर आजकाल भैरववादी शैली धेरै पुरानो भइसक्यो । किरनले नया शैलीमा व्यङ्ग्य पस्किनु एकदम जरुरत छ । र अर्को मुख्य कुरा अनावस्यक क्लिष्टता र विम्वको प्रयोगले रचनालाई थप नमीठो बनाउन सक्ने कुरालाई पनि उनले बुझ्न जरुरत ठान्छु म ।
ReplyDeleteपुरानो बोतलमा नयाँ रक्सी ?!
ReplyDelete