Mar 10, 2015

गीत
















उदिम किराती

छोडी आएँ सबै थोक आफ्नै देशमा प्रिया
तिमी जस्तो पाउन गाह्रो परदेशमा प्रिया

घाम छोडेँ पानी छोडेँ गाँउको हावा छोडेँ
सबै भन्दा ठुलो कुरा तिम्रो माया छोडेँ
हुन्छु हररात सपनीमा आफ्नै देशमा प्रिया
तिमी जस्तो पाउन गाह्रो परदेशमा प्रिया

धर्ती उस्तै आकाश उस्तै तर फरक मान्छे
पत्थर दिल बोकी हिँड्छन् यहाँ प्राय मान्छे
तिमी छौ माया छ आफ्नै देशमा प्रिया
तिमी जस्तो पाउन गाह्रो परदेशमा प्रिया 

No comments:

Post a Comment