
रोशन याक्सो लिम्बु
सबैले ठाने तिमी फुच्छी छौ
बिल्कुल फुच्ची र नासमझ ।
'सुम्निमा' सम्बोधन गरे
कसैको बल्ढेङग्रे आँखाले तिमीलाई
जङ्गली, अनपढ र कामोत्तेजक देखे
जङ्गल-जङ्गल डुल्ने घुमन्ते
र देख्दा देख्दै , देख्न भ्याए
सोमदत्तसँग सम्भोगरत !
जङ्गल-जङ्गल डुल्ने घुमन्ते
र देख्दा देख्दै , देख्न भ्याए
सोमदत्तसँग सम्भोगरत !
यो समाज
जो आफूलाई सभ्य भन्न रुचाउँछ
आफूलाई पठित
जो आफूलाई सभ्य भन्न रुचाउँछ
आफूलाई पठित
अरुलाई गवाँर देख्ने गर्दछ
सदैब
होची , डल्ली र चिम्सीहरुलाई
यस्तै देख्ने गर्छ -
अनपढ , नासमझ र बेसरम !
सदैब
होची , डल्ली र चिम्सीहरुलाई
यस्तै देख्ने गर्छ -
अनपढ , नासमझ र बेसरम !
ओ मैच्याङ !
अब देखि
तिमीलाई सम्बोधन गर्नेछु - 'म्हेन्दो' !
हेर्नुछ ,
यो समाजले तिमीलाई कस्तो देख्नेछ ?
अब देखि
तिमीलाई सम्बोधन गर्नेछु - 'म्हेन्दो' !
हेर्नुछ ,
यो समाजले तिमीलाई कस्तो देख्नेछ ?
No comments:
Post a Comment