Mar 8, 2015

गीत

















मिलन किराती

सबै गाउँछन् जूनको गीत, तर गाउँदिन म
मान्छेमा झैं  जूनमा,  जीवन पाउँदिन म

धेरै धेरै  फरक हुन्छ  मान्छे र  जूनमा
सकिदैन दाँज्न जूनलाई मान्छेको गुणमा
सके पनि जूनसित,  प्रित लाउँदिन म
मान्छेमा झैं  जूनमा,  जीवन पाउँदिन म

मुस्कुराउँछ एक्लै जून राती अँधेरीमा
सकिदैन भेट्न जूनलाई पानी पधेरीमा
नभेटिने सपनाको, बाटो धाउँदिन म
मान्छेमा झैं जूनमा,  जीवन पाउँदिन म

No comments:

Post a Comment