Mar 9, 2015

जाडो र संविधान












अनिल पृथक राई

माइनस डिग्री सेल्सियसको हतियारसहित
हिँउसैनिकले कू गरेपछि
आक्रान्त छन्, निमुखा जनता ।

जाडोले फाँसी दिएको छ, ओत नहुनेलाई
कक्रिएको छ, एकसरो भोटो नहुने जीवन
यो समय
संविधानसभाभित्र चल्दैछ
बाघचाल प्रतियोगिता ।

यस्तो बेला
के गर्न सक्छौँ हामी ?
आऊ,
जलाऊँ चुनावी घोषणापत्र
र तापौँ आगो ।

किनकि,
हाम्ले पनि बाँच्नु पर्छ- यो देशमा ।

No comments:

Post a Comment