Mar 2, 2015

हस्ताक्षर
















साङ्केन बान्तवा


असामयिक जीवन -
सार्है सुन्दर लाग्दैछ
जन्म प्रतिको विरोध छैन मनमा
अमुर्त पिडाहरु -
मुर्त-रोचक लाग्न थाल्यो
मनका -
अनाधिकृत उट्पट्याङ
सम्वादहरु,
अधिकारिक लाग्न थाल्यो
शायद,
त्यहा तिमी सम्बोधित छौ !

तर जिन्दगीको -
प्रतिपल अघोषित धटनाहरु
कहाँ हुन सक्ला र,
भ्रम झै आकर्षक !
कल्पना झै सुन्दर !

खतरनाक हुन सक्छ -
नियोजित तिम्रा आँखाका चुपचाप हेराइहरु
अझ बढी झेली हुन सक्छ -
शान्त भएर हल्लागरिरहेने मोहित मुस्कानहरु

यस्तो बेला मेरो हृदयमा -
अग्लिन सक्छन् राता हिमालहरु
अघि बढ्न सक्छन् तिम्रा आरोही पाइलाहरु
र,- शायद
भत्किन सक्छन् भ्रमका प्रेमिल पिरामिडहरु

... रै, पनि त्यस समय
बिना कुनै अलमल
एउटा दृढ निश्चय गर्नेछ यो मनले
त्यो -
तिम्रो प्रेममा हस्ताक्षर गर्नु
एक एपिसोड सामयिक मृत्‍यु को ! 

No comments:

Post a Comment