तछाड मछाडमा उफ्री रहेछौं
बन्छौ कसरी स्वाभिमानी
कसैको ढाडमा उफ्री रहेछौं
जिन्दगी के हो जान्दा जान्दै
किन कवाडमा उफ्री रहेछौं
तराई कस्तो छ आएर हेर
त्यसै पहाडमा उफ्री रहेछौं
देशको माया छ नशा भन्छौ
हाड हाडमा उफ्री रहेछौं
२९ जेठ । नियमित कार्यक्रम अन्तरगत प्रभास साहित्यिक समूह, केन्द्रको संयोजनमा सदस्यहरु नाकिमा, मंजु मार्मिका, दृश्य, विशद र नदीशको उपस्थितिमा "गद्य सिर्जना वाचन तथा अन्तरक्रिया" को पहिलो शृङ्खला सम्पन्न भएको छ । उक्त कार्यक्रममा नाकिमा र दृश्यले लघुकथा, त्यस्तै विशदले कथा, नदिशले निबन्ध र मंजु मार्मिकाले 'विपल बोयुङ'को पत्रसाहित्य वाचन गर्नुभएको थियो । वाचनपछि सबै सहभागीले एकअर्काका रचनामाथी रचनात्मक टिप्पणी राखेका थिए । आगामी शनिबार 'कविता वाचन तथा अन्तरकि्रया' सम्पन्न हुँदैछ ।
८ जेठ । सिर्जनाका माध्यमबाट समाजलाई परिवर्तन गर्ने उद्देश्यानुरुप प्रभास साहित्यिक समूह र अखिल नेपाल लेखक संघ ललितपुरको संयुक्त आयोजनामा नमूना मछिन्द्र उ.मा.वि लगनखेलमा सिर्जना सागरको २० औँ श्रृखला सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित स्रष्टाहरुले आफ्ना चोटिला सिर्जनाहरु प्रस्तुत गरेका थिए । अखिल नेपाल लेखक संघ ललितपुरका उपाध्यक्ष हरिबहादुर कर्माचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन कवि मंजु मार्मिकाले गर्नुभएको थियो भने वाचित सिर्जनाहरुको टिप्पणी कवि केशव सिलवालले गर्नुभएको थियो । कार्यक्रममा २५ जना स्रष्टा/स्रोताहरुको उपस्थिति रहेको थियो ।
शब्दशिखाको पारिजात विषेश बैशाख अङ्क प्रकाशित भएको छ । यस १० औं अङ्कमा पाठहरुले पारिजात, विक्रम सुब्बा, हरिगोविन्द लुइँटेल र सरिता लामाको कविता, तारा थुलुङ 'अथाह', यल्जी विवश र रस्मिला कवाङ 'रश्मि'को गजल, पारिजातका गीतहरु, नवराज क्षितिजको हाइकू, नेचुरल्ली दीपकको कायू राई भाषाको कविता, नाकिमाको आलेख, तिलक चाम्लिङबाट कृति चर्चा सँगसँगै साहित्यिक समाचार र पुस्तक परिचय पनि पढ्न पाउनुहुनेछ ।
२५ बैशाख । प्रभास साहित्यिक समूह उदयपुरलॆ कविता अन्तरक्रिया कार्याक्रम आयोजना गरेको छ । कार्याक्रम नेपालको एकमात्र प्रथम श्रमिक पार्क 'ज्ञानविज्ञान कुंज'मा सम्पन्न भएको थियो । अन्तरक्रियामा ३ दर्जन भन्दा बढी सर्जकहरुले सहभागीता जनाएका थिए । कथाकार राममणी पोखरेल, रंगकर्मी विक्रम श्री लगायतका अग्रज स्रष्टाहरुको समेत उपस्थिति रहेको उक्त कार्याक्रम मध्यान्नको १२ बजे देखी लगातार २ घण्टासम्म चलेको थियो । प्रभास उदयपुरले अर्को कार्याक्रम आगामी महिनाको अन्तिम शनिबार आयोजना गर्ने बताएको छ ।
घरभित्र हेलिएर घरभित्रै मर्ने मान्छे
तीनै हुन् गृहबन्दी पारिएकी नारीहरु

- अर्जुन बाराहाली
फोहोरी रणनीति र युद्धको खेल भयो देश
कागलाई झै जनतालाई पाकेको बेल भयो देश
सबै यहाँ स्वार्थी मात्र विकास भन्दा विवाद धेरै
विवादैविवादमा फसेको झेल भयो देश
कपडा झै फेरिए यहाँ वाद र तन्त्रहरु
जुन जोगी आएपनि उस्तै जेल भयो देश
गर्न भन्दा भन्न धेरै मंचबाट भाषण चर्को
शान्त समाज निर्माणमा फेल भयो देश
बन्द हड्ताल हत्या हिंसा नेपालमा जहिले
हाम्रा लागि बीचबाटोमा बिग्रेको रेल भयो देश ।